site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हाम्रो पात्रोमा विश्वकप फुटबल
Ghorahi CementGhorahi Cement

काठमाडौं । विश्वकप फुटबल २०१८ को यस महाकुम्भको रौनकले विश्वलार्इ तरङ्गित पारेको छ । जहाँतही विश्वकप फुटबलका चर्चा, विभिन्न देशका पहिरन र सामग्रीले भरिएका छन् । ‘यसमा सबै छ’ भन्ने नाराकासाथ राष्ट्रिय, अन्तर्राष्ट्रिय हरेक ठूला, साना जनमनमा प्रभाव पार्नसक्ने गतिविधिलार्इ समय सापेक्ष पस्किंदै आएको कुरा अवगतै छ । यस पटक हाम्रो पात्रो प्रयोगकर्ताहरूका लागि App Store मा सार्वजनिक भएको छ नयाँ एप 'Football World 2018' र यो एपमा हुने प्रत्येक गतिविधिका अपडेटहरू हाम्रोपात्रोमा समेत प्राप्त गर्न सकिने व्यवस्थापकीय निर्देशक सन्तोष कुमार देवकोटाले जानकारी दिएका छन् ।

\"\"

Agni Group

“विश्वकप फुटबललार्इ नेपाली प्रयोगकर्तासम्म जोड्ने हाम्रो पहिलो प्रयास सन् २०१४ मा गरेका थियौं जसलार्इ अविश्वस्निय रूपमा हाम्रा लाखौं प्रयोगकर्ताहरूले रूचाइदिनुभएको थियो, ” उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “नयाँ एप्लिकेशनले प्रयोगकर्ताको त्यो उत्साहमा अझ उर्जा भर्नेछ । थप वृहत्त, थप रोचक बनाउने प्रयास गरेका छौं 'Football World 2018' लार्इ । ”

\"\"
फुटबल प्रेमीहरूले खेलका दौरान तथा आगामी खेलहरूबारे खोज्ने सामग्रीहरू खेल तालिका, देशहरू, टाइमलाइन, तत्काल हुने खेलका ताजा अपडेट रहेको विज्ञप्तिमा उल्लेख छ ।
आफूलार्इ मनपर्ने देशलार्इ फेब्रेट पनि गर्नमिल्ने सुविधा समेत एपले राखेको विज्ञप्तिमा उल्लेख छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०७५  १८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC