site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
तरुण दलको महाधिवेशन कात्तिक २७ गते
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौँ। नेपाल तरुण दलको चौथो महाधिवेशन आगामी कात्तिक २७ देखि हुने भएको छ । 
तरुण दलको महाधिवेशन आगामी कात्तिक २७ देखि २९ गतेसम्म हुने मिति तय भएको निर्देशन समितिका सदस्य रामकृष्ण यादवले राससलाई जानकारी दिए। समितिको आज बसेको बैठकले आगामी असोज १५ गतेसम्म सबै जिल्ला अधिवेशन सम्पन्न गर्न तरुण दललाई निर्देशन दिएको छ । 
सो अवधिमा जिल्ला अधिवेशन सम्पन्न हुननसकेमा निर्देशन समितिले हस्तक्षेप गरी कात्तिक १० गतेसम्म विवादित सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने भएको छ । 
केही जिल्लामा देखिएको विवादका कारण समयमै जिल्ला अधिवेशन हुन नसक्ने देखिएपछि महाधिवेशनको मिति सारिएको हो । यसअघि सो महाधिवेशन आगामी असोज ३ देखि ५ गतेसम्म पोखरामा हुने भनिएको थियो । 
हालसम्म ६२ जिल्ला अधिवेशन मात्र सम्पन्न भएको र अन्य जिल्लामा हुने क्रममा रहेको अध्यक्ष उदयसम्शेर राणाले जानकारी दिए । यसअघि पनि भदौ २४ देखि २६ गतेसम्मको मिति तोकिए पनि तयारी नपुगेको भनी पछाडि सारिएको थियो । 
दुई काँग्रेस एकीकरणपछि विसं २०६९ वैशाख २ गते तत्कालीन सभापति सुशील कोइरालाले छ महिनाका लागि भनेर गठन गरेको तदर्थ समितिले हालसम्म महाधिवेशन गर्न सकेको छैन । रासस 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७३  १७:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC