site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । पूर्व सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले अन्तरवार्ताका क्रममा दाईजोसम्वन्धी प्रश्न गरेकै कारण नेपाल टेलिभिजनको कार्यक्रम बन्द गरिदिएको र प्रस्तोतालाई निष्कासन गरेकोप्रति कटाक्ष गरेका छन् । 
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले नेपाल टेलिभिजनको कार्यक्रम ‘सिधा प्रश्न’ लाई बन्द गर्न लगाएको र कार्यक्रम प्रस्तोता राजु थापालाई निष्कासन गरेको प्रति आपत्ति जनाएका छन् । 
कांग्रेस सांसद रिजालले भने, ‘‘नेपाल टेलिभिजन सार्वजनिक प्रसारण माध्यम हुनु पर्छ भन्ने मान्यता विपरित मन्त्रीले सरकारकै प्रचारकलाई जस्तो व्यवहार गरेका छन् ।’’  
सञ्चारमाध्यम सरकारको नियन्त्रणमा रहनु हुदैन भन्ने विश्वव्यापी मान्यता अनुसार नेपाल टेलिभिजनलाई पनि सरकारबाट संसदको मातहतमा लैजाने गृहकार्य भइरहेका बेला कार्यक्रम नै बन्द गराउने र प्रस्तोतालाई निकाल्ने सञ्चारमन्त्रीको निर्णय गलत भएको पूर्व सञ्चार मन्त्री रिजालको भनाई छ । सरकारका मन्त्रीहरुले कानुन अनुसार काम गराउने भन्दा पनि सत्ताको बल र धम्की देखाउने गरेको उनले बताए ।  
नेपाल टेलिभिजन र रेडियो नेपाललाई सार्वजनिक प्रसारण माध्यम बनाउन आफू सञ्चारमन्त्री भएकाले बेला गृहकार्य थालेको उनको भनाइ थियो । सार्वजनिक प्रसारण माध्यम बनाउने तर्फ नलागेर आफ्नै प्रचार यन्त्र बनाउने अभ्यासतिर वहालवाला ‘बलशाली’ सञ्चार मन्त्री लागेको रिजालले टिप्पणी गरे । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०७५  १३:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC