site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

कम्पला । युगाण्डामा बुधबार राति भएको बस दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । युगाण्डाको किर्यान्डोङगो जिल्लामा सो दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी कैयौँ घाइते भएको अधिकारीले जानकारी दिएका छन् । 

यहाँको एक स्थानीय प्रहरी कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख छ । घटनामा परी घाइते भएकालाई तत्काल उद्धार गरी किर्यान्डोङगो अस्पतालमा उपचार गराइएको छ । 

Agni Group

युगाण्डाको लिरा जिल्लाबाट राजधानी कम्पलातर्फ जाँदै गरेको बस दुर्घटनामा परेको प्रहरी प्रवक्ता इमिलियन कायीमाले जानकारी दिए ।  

पूर्वीअफ्रिकी मुलुक युगाण्डामा हरेक वर्ष कम्तीमा २० हजार दुर्घटना हुन्छन् र ती दुर्घटनामा परी कम्तीमा पनि हजारौँको मृत्यु हुने गरेको पाइन्छ । रासस÷सिन्ह्वा
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०७५  २२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC