एजेन्सी । जाल्टान इब्राहिमोभिक त्यस्ता स्ट्राइकर हुन् जतिबेला पनि आफ्नो टिमलाई जित दिलाउन सक्ने खेलाडीको रुपमा उनी परिचित छन् तर यो पटकको विश्वकपमा स्वीडेनको टिममा छैनन् । लामो समय चोटग्रष्ट हुनु र पछिल्लो समय लयमा नरहेका जाल्टान विश्वकप हेर्न भने रसिया जाँदैछन् ।
जाल्टानले सन् २००२ र २००६ को विश्वकप खेले । तर, ३६ वर्षीय जाल्टानले विश्वकपमा गोल भने गर्न सकेका छैनन् । जाल्टानले २००१ देखि २०१६ सम्म ११६ खेल खेल्दै ६२ गोल गरेका छन् । आफ्नो खेल जिवनको उतरार्धतिर रहेका जाल्टान भिसा फोमो (फेयर अफ मिसिङ आउट) क्याम्पियनसँगको साझेदारीमा विश्वकपमा उपस्थित हुन लागेका हुन् ।
एक प्रभावशाली खेलाडी जो आफ्नो टिमले विश्वकप खेले पनि आफु भने विश्वकपको मैदान बाहिर रहेका जाल्टान इब्राहिमोभिकसँग फिफाले गरेको कुराकानीः
तपाईँको रसिया विश्वकपसँग जोडेर विभिन्न किसिमका अड्कलबाज गरिएको थियो तर, तपाई भिसासँगको साझेदारीमा किन रसिया जाँदै हुनुुहुन्छ ?
यो कुरा स्पष्ट छ कि म विश्वकप खेल्ने राष्ट्रिय टिममा परेको छैन । तर, जुन मैले चारवर्ष अगाडि भनेको थिएँ र यहाँ अहिले पनि भन्छु कि म विश्वकपमा उपस्थित हुन्छु नै । मेरो भनाई त्यही हो । म पनि कुनैपनि अवस्थामा विश्वकपमा उपस्थित भएर साइडमा बसेर हेरेर त्यसको आनन्द महसुस गर्छु । त्यसैले अहिले भिसासँग जोडिएको छु र खुसी पनि लागिरेको छ । हामी पनि त्यहाँ हुन्छौं ।
रसिया आयोजक देशका रुपमा रहिरहँदा तपाईले कस्तो अपेक्षा गर्नुभएको छ ?
मलाई लाग्छ यो साच्चिकै अविश्मरणीय हुनेछ । यो ठूलो भुगोलसँगै धेरै जनसंख्या भएको देश हो । विश्वकप यहाँ हुँदा राम्रो लागेको छ । मलाई लाग्छ यो अविश्मरणीय बन्छ जस्तै अन्य विश्वकपहरु हुन्छन् । यो विश्वको सबैभन्दा ठूलो आयोजना हो त्यसैले यो जहाँ भयो म आफुलाई त्यहाँ लैजान चाहन्छु ।
तपाईँलाई कस्तो लाग्नेछ फाइनलमा हुँदा, जुन १४ बाट लुज्निकी रंगशालामा विश्वकप सुरु हुँदैछ ।
म निकै उत्साहित हुनेछु जतिबेला म भिसाका मान्छेसँग केही खेल हेर्न स्टेडियम पुग्नेछु । म यो आयोजनालाई सकारात्मक रुपमा हेर्नेछु । त्यसैले धेरै कार्यक्रमहरुको योजना बनाएर जाँदैछु । म आफ्नो प्रभाव देखाउन आउँदैछु ।
तपाईलाई मन पर्ने टिम को हो र कसले जित्छ विश्वकप ?
म तपाईँलाई त्यस्ता अन्य टिमका बारेमा भन्छु जसको विश्वकप जित्ने सम्भावना बलियो छ । ब्राजिल, स्पेन, जर्मनी, स्वीडेन र अर्जेन्टिनाको पनि । यदि तिनीहरुले आफ्नो बारेमा राम्रो हुँ भन्न सकेनन् भने उनीहरुलाई नै थाहा हुनेछ । म क्षमा माग्न चाहन्छु कि अमेरिका विश्वकपमा छैन, त्यो मेरा लागि नयाँ देश थियो जहाँ म बस्छु र म अमेरिकाको सपोर्ट पनि गर्छु ।
कसरी स्वीडेनले विश्वकप जित्ने आशा गर्न सकिन्छ ?
स्वीडेनले केही ठूला देशलाई पराजित गर्दै विश्वकपमा पुगेको छ त्यसैले । हरेक चिज नयाँ अस्तित्वका लागि हुन्छ । हामी कहिलै थाहा पाउँदैनौं के हुँदैछ भनेर । यो सबै क्षणभरमा हुन्छ । जो–कोहीले पनि क्षणभरमै राम्रो गर्न सक्छन् ।
स्वीडेनलाई मैदानमा देख्दा के तपाईँ नर्भस हुनुहुन्छ होला ?
नाई, नाई कहिलै पनि । म अझ उत्साहित हुुन्छु नर्भस होइन । स्वीडेनको जितमा पुरै सहयोग गर्न तयार छु । त्यस्तो म कसरी सोच्न सक्छु ।
तपाईँको विचारमा विश्वकपमा कुनै स्टार खेलाडीले प्रभाव पार्न सक्छन् ?
मलाई लाग्छ पाउल पोग्बाले पार्छन् । जसको बारेका सबैलाई थाहा छ र उ क्षमतावान पनि छ । कैलियन म्यप्पे र अन्य आउने स्टार खेलाडीले पनि राम्रो प्रभाव पार्न सक्छन् भने टपमा पुग्न सक्छन् । त्यहाँ निकै धेरै खेलाडी छन् जो उत्साहित छन् र उनीहरुले केही गर्न सक्नेमा पनि आफ्नो प्रभाव पार्न सक्नेछन् ।
तपाईँको नजरले हेर्दा यो विश्वकपमा सबैभन्दा चर्चित खेलाडी को देख्नुहुन्छ ?
हेर्नुस्, यो कुनै व्यक्तिले खेल्ने खेल होइन, यो टिम खेल हो । मेरो विचारमा नेयमार । किनकी चोटमुक्त भएर फर्किएपछि खेल्नका लागि भोकाएका छन् र उनको टिमले उनीमाथि ठूलो विश्वास गरेको छ । मेरो विचारमा मेस्सी पनि चित्रमा सामान्य छन् तर, उनी उत्कृष्ट छन् र उनको टिमले उनलाई पछ्याएको छ । रोनाल्डो पनि त्यस्तै हुन् । हेर्दै जाउँ के हुन्छ । यो लामो सेसन हो । खेलाडीले १०–११ महिनादेखिको मेहेनत हो र यो अन्तिम स्टेज हो । हेर्दै जाऔं को मानसिक रुपमा र शारिरीक रुपमा शतप्रतिशत जित्नेमा विश्वस्त छन् । केही चिजहरु निर्णायक हुन्छन् ।
के तपाईँले हेरेको पहिलो विश्वकपको क्षण सम्झनुहुन्छ ?
म सम्झन्छु जब म अमेरिकामा थिए । सन् १९९४ मा थिएँ स्वीडेन तेस्रो भएको थियो । तर, त्यो साच्चिकै ठूलो कुरा हो, स्वीडेनको हुँदा ।
त्यो विश्वकपले तपाईँलाई खेल्नका लागि उत्साहित गर्यो ?
मलाई थाहा छ त्यो समयमा मैले विश्वकप हेरेको थिएँ र त्यो म मात्र एक फुटबल खेलाडी होइन ।
सन् २००२ र २००६ को विश्वकप खेल्दा तपाईँलाई मन परेको कुरा के थियो ?
मलाई मन परेको पाटो भनेको फ्यान हुन्, खेलको वातावरण । मेरो जर्सी पहेंलो थियो र तपाई हेर्न सक्नुहुन्छ कि स्टेडियमभरी पहेंलो जर्सीसँग फ्यानहरू खुसी हुँदै थिए । त्यो मेरा लागि सबैभन्दा राम्रो सम्झना हो । खेल खेल नै हो जति नै सानो–ठूलो स्तरको भएपनि ।
अन्त्यमा तपाईँ फ्यानलाई के भन्नुहुन्छ ?
म भन्न चाहान्छु फ्यानहरुलाई धैर्य हुनुस् म पनि आउँदैछु, रसिया मै हुनेछु ।
स्रोतः फिफा डटकम