देश
भक्तपुर । चाँगुनारायण नगरपालिका–२ छालिङ बस्ने २६ वर्षीया देवकी भुजेल ग्यास लिक भएर आगो लाग्दा जलेर गम्भीर घाइते भएकी छन् । काभ्रे पाँचखाल तामाघाट–५ घर भई छालिङ बस्दै आएकी भुजेलले आफ्नै कोठामा खाना बनाउने क्रममा बुधबार साँझ ग्यास लिक भएर आगो लागेपछि उनले लगाएको लुगामा समेत आगो लाग्दा गम्भीर घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिए ।
आधार शरीर जलेर गम्भीर घाइते भएकी भुजेललाई भक्तपुर अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि शिक्षण अस्पताल पठाइएको छ ।
रासस
प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७३ १०:४१
प्रतिक्रिया दिनुहोस्