site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । लोकगायिका सुनिला गुरुङको ‘काठमाडौँमा पशुपतिनाथ’ गीति तथा भिडियो एल्बम हालै बजारमा आएको छ । उक्त क्यासेटमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर गतवर्ष वैशाख १२ मा गएको भूकम्पले स्थानीय क्षेत्रमा पारेको असरलाई गीतमार्फत प्रस्तुत गरिएको छ । भूकम्पबाट प्रभावित पालमा बसेको हृदयविदारक दृश्यलाई समेटिएको क्यासेटमा हिन्दू नारीको महत्वपूर्ण पर्व तीजको सांस्कृतिक पक्षलाई समेत प्रस्तुत गरिएको छ । त्यसमा ‘भुइँचालोले भत्कायो, मेरो माइतीको देश’ भन्ने शीर्षकमा गीत रचना गरिएको छ ।

घर भत्किएका कारण तीजमा दर पाक्न नसकेका घटनाक्रमलाई समेत गीत तथा क्यासेटमार्फत प्रस्तुत गरिएको छ । क्यासेट बिक्रीबाट आउने रकममध्ये केही निश्चित रकम गोर्खाका भूकम्पपीडितलाई सहयोग गर्ने लक्ष्य राखिएको छ । हिन्दू धर्मावलम्बीको आस्थाका केन्द्रका रुपमा रहेको पशुपतिनाथ, गोरखनाथ, मुक्तिनाथ तथा बौद्ध अनुयायीको पवित्र तीर्थस्थल लुम्बिनीका बारेमा समेत सन्देश प्रवाह गरिएको छ ।

रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७३  १०:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC