site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जर्मनी भर्सेस फ्रान्स
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
एजेन्सी, पेरिस । फ्रान्समा जारी १५ औँ सस्करणको युरोपियन च्याम्पियनसिप (युरोकप) अन्तर्गत बिहिबार राती दोस्रो सेमिफाइनल खेल हुँदै छ । मार्सेलीस्थीत स्टेड भेलोड्रोम रंगशालामा हुने दोस्रो सेमिफाइनलमा आयोजक फ्रान्स र विश्वविजेता जर्मनी नेपाली समय अनुसार पौने १ बजे प्रतिष्पर्धा गर्ने छन् ।
 
यस फ्रान्स र जर्मनीबिचको विजेताले जुलाई १० मा हुने उपाधि भिडन्तमा पोर्चुगलको सामना गर्ने छ । पोर्चुगल वेल्सलाइ पराजित गर्दै युरोकपको फाइनलमा पुगिसकेको छ । र, आयोजक फ्रान्स र जर्मनी एक अर्का्बिरुद्ध जित निकाल्दै पोर्चुगलसंगको भेट पक्का गर्न चाहन्छ ।
 
सेमिफाइनल खेल खेल्नुअघि फ्रान्स पछिल्लो आठ खेलमा अपराजित छ भने जर्मनी पनि पछिल्लो ६ खेल अपराजित नै रहेको छ । यस्तै फ्रान्स र जर्मनीले अहिलेसम्म २७ खेल खेलेका छन् । जसमा १२ खेल फ्रान्सले जितेको छ भने ९ खेल जर्मनीको पक्षमा गएको छ । दुई टोलीबीच ६ खेल बराबरीमा सकिएको छ । त्यसैले दोस्रो सेमिफाइनल खेलमा दुवै टोलीले जित निकाल्ने सम्भावना छ । तर,  दुई टोलीमध्ये एक टिम मात्र फाइनलमा पुग्नेछन् । बिजेताले पोर्चुगलको सामना गर्ने छ ।
 
विश्वकप विजेता जर्मनी विश्वकै उत्कृष्ट टिम मानिन्छ । क्वाटरफाइनलमा इटालीलाई पराजित गरेको जर्मनीले सन् २०१४ को ब्राजिल विश्वकप जितेको छ । र, अब फ्रान्स युरो जित्न चाहन्छ । तर, जोचिम लोउको नेतृत्वमा रहेको जर्मनी पछिल्ला समय  समस्याबाट गुज्रिरहेको छ । फ्रान्सविरुद्ध मैदान ओर्लँदा जर्मनीका केही मुख्य खेलाडी घाइते छन् भने केही खेलाडी निलम्बनमा परेका छन् । जर्मनीको सेन्टर ब्याक म्याटहुमेल्स पहेँलो कार्ड पाएका कारण निलम्बित छन् । त्यस्तै स्ट्राइकर मारियो गोमेज र मिडफिल्डर सामी खेडिरा चोटका कारण खेल्न नसक्ने भएका छन् ।
 
यस्तोमा फ्रान्स समस्याबाट गुज्रिरहेको जर्मनीसँग ब्राजिल विश्वकपको बदला लिने योजनाका साथ मैदान ओर्लँदै छ । र, घरेलु मैदानमा जारी युरो घरमै राख्न चाहन्छ । जर्मनीबिरुद्ध मैदान ओर्लँदा आयोजक टिमका प्रशिक्षक डिडियर डेसच्याम्पस आफ्नो सफलतालाई जारी राख्न समेत चाहन्छ । तर, क्वार्टरफाइनलमा आइसल्यान्डलाई ५–२ ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको फ्रान्सलाई जर्मनीसँग सजिलो भने छैन  । किनकि जर्मनीको प्लेइंग सेट र बेन्चको सेट उतिक्कै सशक्त मानिन्छन । त्यसैले जर्मनीलाई पाखा लगाउन फ्रान्सका अग्रपंक्तिका खेलाडीहरु ओलिभर जिरौड, एन्टोनी ग्रिजम्यान र दिमित्री पायेट चम्कनु आवश्यक छ ।
 
विश्वकप २०१४ को क्वार्टरफाइनलमा फ्रान्स जर्मनीसँगै पराजित भएको थियो । त्यसबेला म्याट हुमेल्सले पहिलो हाफमा हेड गोल गरेका थिए । त्यसअघि १९८२ को विश्वकप सेमिफाइनलमा पनि फ्रान्स पेनाल्टी सुटआउटमा जर्मनीसँग स्तब्ध भएको थियो । सेभियामा सम्पन्न सेमिफाइनलको निर्धारित समय ३–३ को बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा जर्मनीले ५–४ को नतिजा निकालेको थियो । त्यसैले यसपटक फ्रान्स जर्मनीसँग बदला लिन चाहन्छ । 
 
फ्रान्स टोलीको इतिहास 
आयोजक फ्रान्सलाई युरोकपअघि उपाधि दाबेदार मानेको थियो । किनकि फ्रान्सले घरेलु मैदानमा युरोकप खेल्दै थियो । यस्तै सन् १९८८ बाहेक सबै संस्करणमा फ्रान्सको उपस्थिति रहँदै आएको छ । 
सन् १९८४ मा मिचेल प्लाटिनीप्रेरित फ्रान्सले घरेलु मैदानमा युरोपियन च्याम्पियनसिप जितेको थियो । त्यसको १४ वर्षपछि फ्रान्सेली समर्थकलाई जिनेदिन जिदानप्रेरित टोलीले १९९८ मा घरमै भएको विश्वकपको उपाधि दिलाएको थियो । त्यसैले त घरेलु मैदानमा समर्थक खुसी पार्ने लेस ब्लुजको बानी छ । 
 
 
फ्रान्सले त्यसपछि पनि २००० को युरो जित्नुका साथै विश्वकप २००६ को फाइनलसम्म पुग्न फ्रान्स सफल भएको थियो । तर,  त्यसपछि फ्रान्सले पछिल्ला ठूला प्रतियोगितामा निरन्तरता दिन सकेको छैन । सन् २००८ को युरो र २०१० को विश्वकपमा समूह चरणबाटै बाहिरिएको फ्रान्स २०१२ र विश्वकप २०१४ मा पनि क्वार्टरफाइनलबाटै बाहिरिएको थियो ।
 
तर, फिफा बरियतामा २२ औ स्थानमा रहेको फ्रान्सलाइ यसपटक उपाधि जित्ने मौका रहेको छ । जसको लागि बिहिबार राती जर्मनी र आगामी जुलाई १० मा पोर्चुगललाइ पाखा लगाउनु पर्ने छ ।  यस्तै प्रशिक्षक डिडियर डेसच्याम्पसामु इतिहास दोहोर्याउने ठूलो चुनौती छ । सन् १९९८ मा घरेलु मैदानमा फ्रान्सको कप्तानका रूपमा विश्वकपको उपाधि उचालेका डेसच्याम्पले घरेलु मैदानमै हुने युरोकपमा प्रशिक्षक भएर राष्ट्रिय टोलीको नेतृत्व गरिरहेका छन् । र, डेसच्याम्पलाई प्रशिक्षकका रुपमा उपाधि जित्न मौका समेत छ ।
 
जर्मनी टोलीको इतिहास 
यसपटकको युरोकपमा जर्मनीलाइ सबैले उपाधि दाबेदार मानेका थिए । त्यसअनुरुप नै जर्मनीले सशक्त प्रदर्शन गर्दै सेमिफाइनलमा पुगिसकेको छ । अब उपाधिका लागि दुई खेल मात्र टाढा छ जर्मनी ।
 
विश्व बरियतामा चौथो स्थानमा रहेको जर्मनीको युरो इतिहास निकै राम्रो छ । त्यसैलेपनि जर्मनीलाइ सबैले उपाधि जित्ने टोलिको रूपमा मानेका छन् । र, जर्मनी सर्वाधिक चार पटक युरो च्याम्पियन बन्ने दाउमा छ ।  यो सँगै बाह्रौं पटक युरोकपमा सहभागिता जनाउदै गरेको जर्मनीले यसअघि तीन पटक उपाधि जितेको छ ।
 
जर्मनीले सन् १९७२, १९८० र १९९६ गरी तीनपटक युरोकपको उपाधि उचालेको छ । जर्मनीले सन् १९८४, २००० र २००४ मा मात्र समूह चरण पार गर्न सकेको थिएन । सन् १९९० मा जर्मनी एकीकरण हुनुअघि पश्चिम जर्मनीका तर्फबाट उसले दुईपटक यस उपाधि जितेको हो । एकीकरणपछि जर्मनीले एकपटक युरोकपको उपाधि जितेको छ । 
 
 
यस्तै जर्मनी सन् २०१४ को विश्वकप जित्दै विश्वविजेताका रूपमा फ्रान्स यात्रा जारी राखेको छ । त्यसैले जर्मनी युरोकप समेत उचाल्न चाहन्छ । सफल टोली मानिने जर्मनीले पछिल्ला समय भने उत्कृष्ट प्रदर्शन गर्न सकिरहेको छैन । तर, जर्मनीसँग क्षमतावान खेलाडीको संख्या अन्य राष्ट्रको तुलनामा निकै बढी छ ।
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २३, २०७३  १५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC