site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
सुषमा स्वराज चढेको विमान जब १४ मिनेट सम्पर्कविहीन भयो ...
Sarbottam CementSarbottam Cement

बीबीसी । भारतीय विदेश मन्त्री सुष्मा स्वराज ब्रिक्स देशहरुको सम्मेलनमा भाग लिन दक्षिण अफ्रिका पुगेकी छिन् । सुष्मा स्वराजले दक्षिण अफ्रिकाका राष्ट्रपति सिरील रामाफोसासँग भेटघाट गरेकी छिन् । 

विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले ट्विटरमा जानकारी दिएका छन्, ‘दुवै  नेताहरु बीच द्विपक्षीय र परस्पर हितका मुद्दहरुमा सहयोग बढाउने विषयमा छलफल भएको छ ।’’ 

Prabhu Bank
Agni Group
NIC Asia

दक्षिण अफ्रिका पुग्दा भारतीय विदेश मन्त्री स्वराजलाई त्यहाँका उपविदेश मन्त्रीले गरेका थिए । 

यसअघि शनिबार स्वराजको दक्षिण अफ्रिका यात्राका दौरान मरिशसको एयर ट्राफिक कन्ट्रोल (एटीसी) का तर्फबाट जारी गरिएको अलर्टका कारण झण्डै १४ मिनेटसम्म कौतुहलताको वातावरण बनेको थियो ।

Global Ime bank

स्वराज सवार भारतीय वायुसेनाको विमानमा झण्डै १४ मिनेटसम्म मरिशसको एटीसीसँग सम्बन्ध बिच्छेद भएपछि अलर्ट जारी गरिएको थियो । एयरपोर्ट्स अथरिटी अफ इण्डियाका जनरल म्यानेजर (कर्पोरेट कम्यूनिकेशन) जेबी सिंहले बीबीसीसँग भने, “मरिशसले एकतर्फी अलर्ट जारी गरेको थियो ।’’ उनले सामान्य रुपमा विमानसँग आधा घण्टासम्म सम्पर्क हुन नसकेपछि अलर्ट जारी गरिँदै आइएको बताए । 

‘भीआईपीको उपस्थितिका कारण जारी भयो अलर्ट’
 

जेबी सिंहले भने, “यो वायुसेनाको विमान थियो र हाम्रा एयरस्पेसमा थिएन । माले –मालदिप्सको राजधानी) ले मरिशसलाई उक्त विमानसँग सम्पर्क गर्न भनेको थियो । मरिशसको एटीसी १४ मिनेटसम्म विमानसँग रेडियो सम्पर्क स्थापित गर्न सकिरहेको थिएन ।’’

अथरिटीका तर्फबाट आइतबार जारी एक प्रेस विज्ञप्तिमा भनिएको छ, ‘‘सायद मरिशसले अलर्ट यस कारण जारी गर्यो किनकी विमानमा एक भिआईपी (अति विशिष्ठ व्यक्ति) सवार थिइन् ।’’ 
https://www.bbc.com/hindi/india-44350538

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०७५  ०४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC