site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मध्यपूर्वलाई अस्तव्यस्त बनाउने ट्रम्पको शैली 

राष्ट्रपति डोनाल्ड ट्रम्पको अगिल्लो महिनाको इरानसँगको आणविक सम्झौता भंग गरेर इरानमाथि प्रतिबन्ध लगाउने मुठभेडको नीति अपनाउने निर्णयले मध्यपूर्वको भविष्य झनै अनिश्चित बनाइदिएको छ । त्यपछिका साताहरुमा देखिएका संकेत पनि उत्साहप्रद छैनन् ।
इरानले सम्झौता उल्लंघन गरेको कुनै पनि बहानाले ट्रम्पको निर्णयको औचित्य सिद्ध हुँदैन । यो त इरानसँग मुठभेडमा जाने अमेरिकाको पुरान असफल नीतिको पुनरावृत्ति हो । यसमा देखिएको एउटामात्र भिन्नता के हो भने यसपटक ट्रम्प प्रशासन आफ्नो जिद्दी पूरा गर्न युद्धको तहसम्म वा त्यसभन्दा पर पुग्न दृढरहेको देखिएको छ ।

आणविक सम्झौता भंग गरेर पनि इरानको परमाणु कार्यक्रमलाई नियन्त्रणमा राख्ने कुनै योजना भए अहिलेसम्म प्रशासनले त्यसलाई गोप्य राखिरहेको छ । प्रशासनको प्रचारवाजी हेर्ने हो भने अमेरिका इरानको आणविक कारखानाहरूमाथि हवाइ हमलाको तयारीमा अमेरिका रहेको भान हुन्छ । तर, बम प्रहारबाट इरानको परमाणु कार्यक्रम केही समय स्थगित हुन सक्छ रोक्न सकिँदैन । त्यसो भए ट्रम्पले व्यापक स्थल यद्ध गरेर इरानमाथि कब्जा जमाएर हालको सत्ता अन्त्य गराउलान् त ? विगतमा यही रणनीति अपनाउने प्रयास गर्दा कस्तो नतिजा आएको थियो भन्ने सबैलाई राम्रै थाहा छ । 

इरान र अमेरिका, बेलायत, फ्रान्स, रुस, चीन, जर्मनी र युरोपियन युनियन आबद्ध ‘द जोइन्ट कम्प्रिहेन्सिभ प्लान अफ एक्सन’ (जेसीपीओए) संयुक्त विस्तृत कार्य योजना वास्तवमा क्षेत्रीय आणविक हतियार प्रतिस्पर्धा मात्र हैन सैन्य मुठभेडबाट पनि जोगाउन गरिएको सम्झौता थियो । इरानको समेत संलग्नतामा नयाँ स्थिर क्षेत्रीय आदेश व्यवस्था कायम गर्ने लक्ष्यका साथ यो सम्झौता गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

पुरानो व्यवस्था पहिलो विश्वयुद्धको समयमा बेलायत र फ्रान्सबीचको स्काइज–पिकोट सन्धिबाट स्थापित गरिएको थियो । त्यही सन्धिका आधारमा अहिले त्यस क्षेत्रमा कायम राष्ट्रिय सिमाना तय गरिएको हो । खासै स्थायित्व प्रदान गर्न नसकेकाले पनि अहिले एक शताब्दी पछि त्यो सन्धि असान्दर्भिक भइसकेको पुष्टि भएको छ ।

बरु, सबैभन्दा महत्त्वपूर्ण क्षेत्रीय खेलाडी पात्रहरू इजरायल, इरान, साउदी अरेबिया र टर्की सिरिया युद्धमा प्रभाव पार्ने ध्येय राखेर क्षेत्रीय प्रभुत्व कायम गर्न निरर्थक प्रतिस्र्धामा सामूहिकरूपमै लागेका छन् । कुनै एउटा राष्ट्र अर्कोलाई हराउन वा अन्त्य गर्न सक्षम नभएकाले यस्तो प्रतिद्वन्द्विताले वर्षौंमात्र हैन दशकौँसम्म पनि युद्धको अवस्था रहने वचन देखाएको छ ।  

Global Ime bank

मध्यपूर्वको स्थिरता प्रत्यक्षरूपमा सन् २००३ मा अमेरिकाको नेतृत्वमा इराकमाथि भएको आक्रमण र कब्जासँग जोडिएको देख्नसकिन्छ । सद्दाम हुसेनलाई सत्ताबाट हटाइएपछि त्यस क्षेत्रका सिया बहुल छिमेकीमाथि इरानको एक प्रकारको छद्म प्रभुत्व कायम भयो । सिरियामा पश्चिमले गल्तीहरू गर्दै गएपछि इरानले मेडिटेरेनियनसम्म एकछत्र उपस्थिति स्थापित गर्न सफल भयो ।  

यही पृष्ठभूमिमा जेसीपीओ सम्झौतामा सहमति भएको थियो । सम्झौताको मुख्य उद्देश्य इरानलाई अन्तराष्ट्रिय समुदायमा समटेर क्षेत्रीयस्तरमा जिम्मेवार भूमिका पूरा गर्न प्रोत्साहित गर्नु थियो । तर, ट्रम्पको निर्णयले त्यो सम्भावना मेटाएको छ र क्षेत्रीय मामिलामा इरानको भविष्यको भूमिकामा प्रश्न खडा गरिदिएको छ । तैपनि एक वा अर्को भूमिकामा इरान मध्यपूर्वको अभिन्न अंगका रुपमा रहिरहनेछ भन्नु गलत हुनेछैन । थप संकट निम्त्याउन नचाहने हो भने इरानजस्तो प्राचीन सभ्यताको धनी देशलाई सजिलै किनारा लगाउन वा बेवास्ता गर्न सकिँदैन । 

राजनीतिक र आर्थिक उपायबाट इरानलाई प्रभावित गर्ने नीति छाडेपछि अमेरिकी प्रशासनको बाँकी एउटैमात्र विकल्प सत्ता परिवर्तन हो । परन्तु, ह्वाइट हाउसका युद्धपिपासु राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले इराकमा अमेरिकाको विफलताबाट कुनै पाठ सिकेको देखिँदैन । त्यसैले सिरिया र ईराक जस्ता मुलुकमा स्थिरता ल्याउन असफल भएको परिप्रेक्ष्यमा इरानजस्तो अपेक्षाकृत ठूलो देशसँग मुठभेड गर्नु उचित हो भन्न पक्कै पनि सकिँदैन । 

दुर्भाग्यवश, अमेरिकाको पुनः प्रतिबन्धबाट इरानसँगको आणविक सन्धि सम्भवतः जोगिन सक्नेछैन । युरोपियन प्रतिष्ठानहरुले इरानसँग सम्बन्ध कायम राख्न त्यसभन्दा धेरै ठूलो अमेरिकी बजारलाई गुमाउन तयार हुनेछैनन् । यसैले एकपटक इरानले युरोपलगायत विश्वका अन्य देशहरुबाट अािर्थक आधार गुमायो भने फेरि आणविक कार्यक्रम सुरु गर्नेछ वा अझ परमाणु अप्रसार सन्धिबाट समेत पछि हट्न सक्नेछ । त्यसबाट युद्धको जोखिम झन् बढ्नेछ ।

त्यसबाहेक, रुस र अमेरिकाले पनि अप्रसार सम्झौतालाई उपेक्षा गरेर आआफ्ना आणविक अस्त्रको आधुनिकीकरण गरिरहेका छन् । कुनैसमय दुवै देशका नेताहरु द्विपक्षीय सहमतिमा अस्त्र न्यूनीकरण र निशस्त्रीकरणबारे प्रतिबद्धता जनाउँथे भने अहिले दुईवटै राष्ट्रले विध्वंशक क्षमताका ससाना परमाणु शस्त्र निर्माणमा बढी ध्यान दिएका छन् ।

विश्वका दुई प्रमुख परमाणु शक्तिहरुले नै यस्तो व्यवहार गरेपछि मध्यपूर्वमा अर्को ठूलो युद्ध परिणाम झन् भयावह हुनेछ । सिरियामा रुसको गहिरो संलग्नताले रुस र पश्चिमा शक्तिहरुबीच प्रत्यक्ष मुठभेडको जोखिम बढ्दै गएको छ । रुसले इरानलाई बेवास्ता गरेर आफ्नो पक्षमा देखिएको नयाँ शक्ति सन्तुलन पक्कै पनि सजिलै त्याग गर्नेछैन ।

यसमध्ये कुनै पनि स्थितिले युरोपको हित हुँदैन  भने भौगोलिक निकटता र इजरायलप्रतिको ऐतिहासिक दायित्वका कारण सो क्षेत्रमा तनाव बढ्दा युरोप पनि प्रत्यक्षरूपमा प्रभावित हुनेछ । त्यसैले यस घटनामा युरोपियन युनियनले यस क्षेत्रका प्रमुख पात्रहरूको चाहना र आणविक तथा पारम्परिक हतियार नियन्त्रणसम्बन्धी विषयको समाधानका लागि सहमति कायम गर्न नेतृत्व गर्नुपर्ने हुनसक्छ । 

हाल यो कार्य जति नै कठिन देखिए पनि यूरोपले मध्यपूर्वमा शान्तिपूर्ण पुनर्संरचनाका लागि तर्कसम्मत  आवाज दृढतापूर्वक उठाउनै पर्छ  । यरोपेलीहरुलाई प्रभुत्ववादी शक्तिहरुको निरन्तरको संघर्षको परिणाम राम्रोसँग थाहा छ । युरोपेली युनियनको स्थापना एक शताब्दीसम्मको युद्ध र आतङ्कबाट आत्मविनाशको संघारमा पुगेको बेला त्यसलाई रोक्न भएको थियो । त्यही बेलादेखि सहकार्य र मेलमिलापले मात्र शान्तिपूपर्ण क्षेत्रीय व्यवस्था सुनिश्चित गराउन सक्छ भन्ने स्पष्ट भएको थियो । ट्रम्पको प्रभुत्ववादी बाटोबाट त अस्तव्यस्ततामात्र हुन्छ ।

(जर्मनीका पूर्व विदेश मन्त्री )

Copyright: Project Syndicate, 2018.

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २१, २०७५  ०९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC