site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रत्नजित अन्तिम १६ मा
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं ।  नेपाल नम्बर वान रत्नजित तामाङ अमेरिकाको क्यालिफोर्नियामा जारी योनेक्स युएस ओपन ग्राँपी ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष सिंगल्समा प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
 
पहिलो चरणमा जापानी खेलाडीबाट वाकओभर पाएका रत्नजितले दोश्रोमा चरणमा ग्वाटेमालाका खेलाडीलाई १८–२१, २१–१५ र २१–८ को सेटमा पराजित गर्दै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेका हुन् । प्रिक्वाटरफाइनल प्रवेश गरेसंगै रत्नजितले कम्तीमा ७ सय ५० युएस डलर नगद पुरस्कार पक्का गरेको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जनाएका छन् ।
 
अब प्रिक्वाटरफाइनलमा रत्नजितले इज्रायली खेलाडी विरुद्ध प्रतिस्पर्धा गर्नेछन् । उक्त खेल जिते उनले २ हजार युएस डलस प्राप्त गर्नेछन् । प्रतियोगिताको कुल पुरस्कार राशी १ लाख २० हजार युएस डलर रहेको छ ।
 
पुरुष डबल्समा भने नेपाली जोडी पराजित भएको छ । रत्नजितले विकास श्रेष्ठ मिलेर प्रतिस्पर्धा गरेका थिए । उनीहरु क्यानाडाका जोडीसंग २१–१२ र २३–२१ ले हारे । युएस ओपनमा नेपालले आठ वर्षपछि सहभागिता जनाएको हो ।
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २३, २०७३  १५:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC