site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पूर्वअर्थमन्त्री डा. महतविरुद्ध खतिवडाको व्यंग्यः महतज्यूलाई असफल बन्न दिन्नँ, आर्थिक वृद्धिदर घटाइदिउँला 
Sarbottam CementSarbottam Cement

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संसदमा बजेट वक्तव्य पढ्दै गर्दा नै ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा हुने विषयमा टिकाटिप्पणी सुरु भैसकेको थियो । इतिहासमै नदेखिएको उच्च आर्थिक वृद्धिको लक्ष्य कसरी सम्भव होला भन्ने जनमानसमा परिसकेको थियो भने यस विषयमा जानकारहरुले सार्वजनिक अभिव्यक्ति दिन थालिसकेका थिए ।

यसैबीच मंगलबार आयोजित एक कार्यक्रममा पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले लिएको अधिकांश लक्ष्य विरोधाभाषपूर्ण रहेको टिप्पणी गरे । सार्वजनिक रुपमै उनले भने, “८ प्रतिशत आर्थिक वृद्धिदर असम्भव प्रायः छ । यदी यो लक्ष्य पूरा भए म आफूलाई असफल र खतिवडालाई सबैभन्दा सफल अर्थमन्त्री मान्छु ।” यसका साथै कूल गार्हस्थ्य उत्पादनको ४३ प्रतिशत लगानी गर्नुपर्नेमा उनको जोड छ । स्थानीय र प्रदेश सरकारलाई पनि राजस्व बाँडफाड गर्नुपर्ने हुनाले लक्ष्यको ३० पतिशत राजस्व उठाउन असम्भव रहनेसमेत उनले बताएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

महतले दिएको यो अभिव्यक्ति सञ्चारमाध्यममा छाउन थालिसकेको थियो । बुधबार अर्थमन्त्रालयमा आयोजित बजेटसम्बन्धमा पत्रकार सम्मेलनमा पनि यही कुरा गुञ्जियो ।
यसविषयमा पत्रकारको जिज्ञासामा अर्थमन्त्री डा. खतिवडाले भने, “बजेटका लक्ष्य कुनै हालतमा पूरा हुन्छ, शंका नगर्नाेस् ।”

उनले थपे, “हामीले कृषिको क्षेत्रको औसत वृद्धिदर साढे ४ प्रतिशत र औद्योगिक क्षेत्रको वृद्धिदर १२ प्रतिशत हुने अपेक्षा गरेका छौं । सेवा क्षेत्रमा पनि उत्तिकै सुधार हुने भएकाले ८ प्रतिशत आर्थिक वृद्धिदर असम्भव छैन ।”

Global Ime bank

“पूर्व अर्थमन्त्री डा. महतले ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल भए आफू असफल भएको घोषणा गर्छ भन्नु भएको रहेछ,” महतको अभिब्यक्तिमाथि व्यंग्य गर्दै उनले भने, “उहाँ मेरो गुरुवर र अग्रज हुनुहुन्छ, उहाँलाई असफल बनाउँन म चाहँन्न । तसर्थ, लक्ष्यअनूरुप आर्थिक वृद्धिदर हासिल भएपनि घटाएरै भएपनि ७.९ प्रतिशत मात्र देखाइदिउँला ।”

अग्रजको सम्मान गर्नु आफ्नो धर्म रहेको उनको आशय थियो । “मैले अग्रजको सम्मान गर्न जानेको छु । ८ प्रतिशत आर्थिक वृद्धि भएको खण्डमा पनि ०.१ प्रतिशत घटाइदिउँला ।”
पछिल्लो समय विद्युत् आपूर्ति सहज हुँदा उद्योगको क्षमताको सतप्रतिशत उत्पादन सम्भव भएको अर्थ मन्त्री खतिवडाको दाबी छ । मेलम्ची र तामोकोशी जलविद्युत् आयोजना पनि अन्तिम चरणमा छ । यी दुई आयोजना सम्पन्न भए यीनको मूल्य अभिवृद्धि पनि औद्योगिक क्षेत्रमै जोडिने खतिवडा दाबी गर्छन् । उनले भने, “सिमेन्ट र खानी उद्योगमा पनि विस्तारै लगानीको प्रतिवद्धता बढ्दै छ । यस्ता उद्योग उत्पादन सुरु गर्ने क्रममा रहेका छन् ।”

सेवा क्षेत्र ८ प्रतिशतले बढ्ने स्वभाविक देखिएको छ भने कृषि र उद्योग क्षेत्रमा आउने वृद्धिले सेवा क्षेत्रमा पनि सकारात्मक प्रभाव पर्ने खतिवडा दाबी गर्छन् । औद्योगिक र सेवा क्षेत्रमा आएको विस्तार तथा सरकारले अगाडि बढाएका रोजगारीसम्बन्धी कार्यक्रमले आगामी आर्थिक वर्षमा थप रोजगारी सिर्जना गर्ने उनको भनाइ थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १६, २०७५  १८:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC