बाह्रखरी
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
ग्याङ फाइट गर्न नदिएको भन्दै हत्या गर्ने १३ वर्ष पछि पक्राउ
KNP nepal
KNP nepal
बाह्रखरी - बुधबार, भदौ २९, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौं । रोशनकुमार आले मगरको हत्या गर्ने श्रीवीर लामालाई प्रहरीले १३ वर्ष पछि पक्राउ गरेको छ । ग्याङ फाइट गर्न नदिएको भन्दै लामाले २०६० साल चैत २३ गते होली खेल्ने बाहानामा काठमाडौंको बौद्धमा मगरको हत्या गरेका थिए । 
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले श्रीवीर लामा, देवराज लामा, राकेश लामालाई काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो । 
उनीहरुले मृतक मगरको छिमेकीसँग ग्याङ फाइट गर्न खोजेको र मगरले ग्याङ फाइट गर्न नदिएपछि उनको हत्या गरेको ब्युरोले जनाएको छ । ब्युरोका अनुसार उनीहरुले ०६० सालको दसैंमा झगडा गर्न खोजेका थिए तर त्यतिबेला मगरले झगडा गर्न दिएनन् । मगरलाई पक्राउ परेका तीन जनाले होलीको दिनमा टाउकोमा हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए । 
मगरको उपचारका क्रममा मृत्यु भएको थियो भने उनको हत्या गर्ने तीनै जना फरार थिए । प्रहरीले उनीहरूलाई कर्तव्य ज्यान मुद्दामा म्याद थपी अनुसन्धान अघि बढाएको ब्युरोले जनाएको छ । 
 
Nepal Investment bank
Nepal Investment bank
बुधबार, भदौ २९, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्