site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बाल अधिकार विरोधी संयुक्त वर्ण
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
अनिवार्य नेपालीको शिक्षण प्रशिक्षणमा वर्ण विन्यासकै प्रसङ्गभित्र संयुक्त वर्ण लेखन सम्बन्धी चर्चा गरिन्छ । लेखनमा यो चर्चा सर्वप्रथम विश्वविद्यालयका अनिवार्य नेपाली पाठ्यक्रमबाट प्रवेश गरेको हो । नत्र प्राचीन समयदेखि नै आधा लेखिने नेपाली वर्णहरू लेख्दा लेख्दै अभ्यासबाट जान्ने र बुझ्ने चलन थियो । यो व्यावहारिक थिएन । देवनागरी लिपिमा संयुक्त वर्ण हुन सिङ्गो वर्णमा आधा वर्ण जोल्टिनु पर्छ । एउटा वर्णको आधा वर्ण के कति हुन्छन् भन्ने कुरा तद्भवीकृत वर्ण विन्यास प्रारम्भ भएपछि त्रिभुवन विश्वविद्यालय अनिवार्य नेपाली पाठ्यक्रममा शिक्षण गरिन्थे । त्यहाँ सामा वर्ण र संयुक्त वर्णमा देखिने विविधताले पाठ्यक्रममा प्रवेश पाएका थिए । आधा वर्ण एकै ठाउँमा जोल्टिने द्ध, द्घ, ङ्ग, ङ्घ, द्य, द्व, द्मजस्ता वर्ण पनि शिक्षण गरिन्थे । विद्यार्थीबिच जोल्टिएका तर सामा वर्ण जस्ता लाग्ने यस्ता वर्णमध्ये कुन वर्ण पहिले र कुन वर्ण पछि उच्चारण गर्ने भन्ने कुरामा बाल बालिका अलमलमा पर्छन् ।  अलमलिने समस्या शिक्षणमा संलग्न  शिक्षकले भोग्दै आएको समस्या हो । हेर्दा सामा जस्ता लाग्ने द्द त्त, क्त संयुक्त वर्णमा पनि बाल बालिकाका आँखामा अस्पष्टता रहेको छ । तिनका आँखामा धेरै अस्पष्ट नहुने श्र संयुक्त वर्ण हो । स्वर वर्णतर्फ ऐन र ऐना शब्दको ऐ उच्चारणमा पनि यस्तै समस्या छ । बाल बालिका बाहेक वकिलहरूमा झन् यो समस्या देखिएको छ । हिज्जे बदल्ने (सुधारिएको वर्ण विन्यास) निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दिने वकिलहरूको उच्चारण के कस्तो छ ? सुन्न पाइएको छैन । यो समस्या र अस्पष्टता बाल बालिकामा धेरै र प्रौढमा समेत पर्याप्त देखिन्छ । ऐको बाहेक यस्ता समस्या र अस्पष्टतालाई समाधान गर्ने प्रयत्न सुधारिएका नेपाली वर्ण विन्यासका प्रयास देखिन्छन् ।
कतिपय शिक्षक वा व्यक्तिलाई सिकाएपछि यस्ता संयुक्त वर्ण लेखन र परम्परागत वर्ण विन्यास सजिलै सिक्न सकिन्छ भन्ने लाग्दो हो । सिकाइको सम्बन्ध बाल मानोविज्ञानसँग हुन्छ भन्ने सत्य अस्वीकार गर्नेहरूका लागि यो भनाइ ठिक छ । अहिलेका हाम्रा वर्ण, संयुक्त वर्ण लेखन र वर्ण विन्यास लेखनका मान्यता बाल बालिकालाई दण्ड दिएर जबर्जस्ती सिकाउने सिकाइका विधि, प्रविधि र बाल मनोविज्ञानको विकास नभएको पुरानो समयमा स्थापित भएका हुन् । वर्तमानमा सिकाइका नयाँ नयाँ विधि, मान्यता र मनोविज्ञान विविध पक्ष विकसित भएका छन् । आजको शिक्षण प्रविधि र सिकाइ मनोविज्ञानसँग मेल नखाने मान्यता सुधारिनु आवश्यक छ । विकसित प्रविधि, विधि र सिकाइ मनोविज्ञानसँग मेल गराउन नेपाली संयुक्त वर्ण लेखनमा गरिएका सुधार भएको हुनु पर्छ । अझै कतिपय गुरु र व्यक्तिमा सिकाएपछि सिकिन्छ भन्ने पुरानो मुढे बलको धङधङी बाँकी छ । धङधङी बाँकी रहिन्जेल संसारमा सत्य भन्ने वस्तु सुधार वा परिवर्तन हो, सुधार वा परिवर्तन संयुक्त वर्ण लेखनमा पनि लागु हुन्छ भन्ने स्वीकार गर्न कठिन हुन्छ ।   
देवनागरी लिपिमा एउटा वर्णमा अर्को वर्ण जोल्टियो भने त्यसलाई संयुक्त वर्ण भन्ने चलन छ । यस लिपिमा वर्ण जोल्टिने परम्परा खोज्दै जाँदा वैदिक भाषासम्म पुगिन्छ । वेद अध्ययन नगरेका व्यक्तिले  पुराना वैदिक ऋचामा जोल्टिएका वर्ण उच्चारण गर्न सक्दैनन् । त्यस्तै संस्कृत भाषा अध्ययन नगरेकाले संस्कृत भाषामा जोल्टिएका वर्ण उच्चारण गर्न सक्दैनन् । उच्चारण गर्न खोज्यो भने जिब्रो लटपटिन्छ । वर्ण जोल्टिने परम्परा वैदिक संस्कृतमा भन्दा लौकिक संस्कृतमा कम र लौकिक संस्कृतमा भन्दा नेपाली भाषामा झन् कम रहेको देखिन्छ । यसले के देखाउँछ भने संयुक्त वर्ण लेखनको पनि इतिहास रहेछ । लेखनमा कागत कलम र मसी आवश्यकता पर्छ । प्राचीन समयमा आवश्यकता भए पनि कागत, कलम र मसीको धेरै अभाव थियो । अभावका कारण संयुक्त वर्ण लेखनमा सङ्क्षिप्तता आवश्यक ठानिएको हुनु पर्छ । सङ्क्षिप्तताले गर्दा धेरै जोल्टिएका संयुक्त वर्ण प्रचलित भए । आज हामी विद्युतीय लेखनको युगमा पुग्यौँ र कागतहीन, कलमहीन र मसीहीन भयौँ । यसले संयुक्तता र अस्पष्टतामा शिथिलता ल्यायो । अब घर वा कोठामा पुस्तकालयमा प्रवेश गरेर पढ्न नपर्ने भयो । अब कम्प्युटर, ल्यापटप, आइप्याड र आर्इफोनभित्र इ—पुस्तकालय राखिन्छन् । विद्युतीय पुस्तकालयमा प्रवेश गरेर मन लागे पुस्तक पढे भयो, पढ्न मन नलागे पुस्तक सुने भयो । इ—पुस्तकालयभित्र पठन पुस्तकालय र श्रवण पुस्तकालय पाइने युग जमाना आयो । विद्युतीय मुद्रणमा एकैछिनमा असङ्ख्य प्रति पुस्तक मुद्रित हुने आधुनिक युगमा पुगियो । तर हामी विवाद निकाल्छौँ पुराना युगका संयुक्त वर्ण लेखनको । देश समृद्धितिर अगाडि बढ्दा हरेक पुराना वस्तुमा सुधार भएको देखिन्छ । पुरानो सुधार हुन सकेन भने आमूल क्रान्तिकारी परिवर्तन हुन्छ । यो मानव जातिले व्यवस्थित गरेका व्यवस्थाको शाश्वत् नियम हो । वर्ण विन्यासमा संयुक्त वर्ण लेखन पनि यस्तै व्यवस्था हो । 
अब जोल्टिएका केही संयुक्त वर्णमा उच्चारण क्रम हेरौँ— द् ध (द्ध) द्घ (दघ्), ङ् ग (ङ्ग), ङ् क (ङ्क) ङ् घ (ङ्घ), द् य (द्य), द् म (द्म) द् द (द्द)  त् त (त्त), क् त (क्त) । कोष्ठकभित्र कोष्ठक बाहिरका संयुक्तको उच्चारण क्रम हेर्दा कोष्ठकभित्रका द्धदेखि द्मसम्मका संयुक्त वर्णको उच्चारण गर्दा अघिल्लो र पछिल्लो क्रम छुट्टिन्छ । कोष्ठक बाहिरकालाई उच्चारण गर्नु पर्दा छुट टिँदैन । त्यसैले धेरै विद्यार्थीले पध्य, विध्यालय उच्चारण गर्छन् । द्द, त्त र क्तमा भने सिकाइका दृष्टिले पहिलो लेखन प्रस्ट छैन, दोस्रामा त् को उपस्थिति प्रस्ट छैन र तेस्रामा त् र कको उपस्थिति प्रस्ट छैन । माथि कोष्ठकमा प्रस्ट देखिएकाले उच्चारणमा बाल बालिकालाई दुबिधा हुँदैन । यो समस्या र अस्पष्टता नेपाल सरकारको शिक्षा मन्त्रालयसँग आबद्ध रही विद्यालयमा बाल बालिका पढाउने र साक्षरता अभियानमा सङ्घर्ष गरि रहेका व्यक्तिलाई पनि अनुभव भएकै हो ।  
नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको विद्वत् भेलाको नेपाली भाषा सङ्गोष्ठी — (वि.संं.२०६७) को निष्कर्ष नं. १ को घमा उक्त समस्या र अस्पष्टतालाई ध्यानमा राखेर रक्त, पद्य, विद्वान्, उद्देश्य, भक्ति, शृङ्खला, विद्या, बुद्धि जस्ता  संयुक्त व्यञ्जनको प्रयोग पनि गर्न सकिने भनी यिनीहरुलाई प्रवेश दिइएको छ । शिक्षण प्रशिक्षणमा भने शिक्षा मन्त्रालयले कक्षा ११ को सबैको नेपाली (वि.सं.२०६७) ले यस्ता वर्ण लेखनलाई प्रवेश दिइ सकेको छ । किनभने १२ कक्षा उत्तीर्णहरु नै भोलि विद्यालयको आधारभूत तहमा शिक्षण गर्न योग्यता पुगेका शिक्षक हुने हुन् । यता मन्त्रालयकै प्रकाशन शैली (वि.सं. २०७०, पृ.४१) मा संयुक्त वर्णको प्रयोग गर्दा पनि सकभर वर्णको अलग पहिचान हुने लिपि चिह्नको प्रयोगमा जोड दिने भनिएको छ । यसबाट के बुझिन्छ भने परम्परागत संयुक्त वर्ण लेखनमा वर्णको अलग पहिचान भएको देखिँदो रहेनछ । नदेखिएकाले वर्ण वा अक्षर चिनारीका प्रशिक्षणमा जुधि रहेका शिक्षकहरुले समस्या र विद्यार्थीहरुले अस्पष्टता भोगेका छन् । त्यस कारण सुधारिएको वर्ण विन्यासमा लेखिएको संयुक्त व्यञ्जन विद्यार्थी मैत्री छ । अर्को शब्दमा भन्नु पर्दा प्रज्ञा प्रतिष्ठान र शिक्षा मन्त्रालय दुबैले बाल अधिकारलाई सम्बोधन गरेका छन् । तर नेपाली भाषा सङ्गोष्ठीको उल्लिखित निर्णयले परम्परागत संयुक्त वर्ण प्रयोग नगर चाहिँ भनेको देखिँदैन, गरे भैहाल्छ । बाल बालिका र किशोरावस्थाभन्दा माथिका विद्यार्थीलाई शिक्षण गर्ने गराउनेहरुले शिक्षा मन्त्रालय र प्रज्ञा प्रतिष्ठानको संयुक्त वर्ण लेखनलाई  त्रिविमा प्रवेश दिन्नौँ, नेपाली भाषा बचाऔँ र मानक नेपाली भाषा अभियान—वि.सं.२०७३ भनी कराउनु र अदालतमा रिट समेत दिन पुग्नु बालमैत्री र बाल अधिकार विरोधी अभियान भएन त ? 
(यस लेखको वर्ण विन्यास र पदयोगमा लेखककै नियम अपनाइएको छ । - प्रधान सम्पादक)
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २९, २०७३  १४:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC