बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
प्रधानमन्त्रीको भारत भ्रमण विद्युत् व्यापारमा केन्द्रित हुने
KNP nepal
KNP nepal
बाह्रखरी - बुधबार, भदौ २९, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण विगतमा भएको सहमती र सझदारी कार्यान्वयन तथा विद्युत व्यापारमा केन्द्रीत हुने भएको छ । प्रचण्ड निवास लाजिम्पाटमा वुधबार भएको नेकपा माओवादी केन्द्रको हेडक्वार्टर बैठकमा प्रधानमन्त्री प्रचण्डले पार्टीका नेताहरुलाई भारत भ्रमणमा जाँदा अफुले विगतमा भएको सहमती र सम्झौताको कार्यान्वयनको मात्र छलफल गर्ने बताएको केन्द्रकी प्रवक्ता पम्फा भुषालले बताइन् ।  
भुसालले भन्नुभयो,“प्रधानमन्त्रीले भारत भ्रमणबारे बैठकलाई जानकारी गराउनुभयो । यो भ्रमण मूख्यतः गुडविल भिजिट हो । दोस्रो, विगतमा नेपाल र भारतका बीचमा भएका सहमति, समझदारी कार्यान्वयन गर्ने र तिब्रता दिनेमा केन्द्रित हुनेछ । भ्रमण मूलतः हुलाकी राजमार्ग, पूननिर्माण, विद्युत् व्यापार सम्झौता आदिमा केन्द्रित हुनेछ ।”
प्रवक्ता भुसालका अनुसार माओवादी केन्द्रका नेताहरुले प्रधानमन्त्रीलाई भारत भ्रमणको शुभकामना दिँदै भ्रमण दुई देशको सम्बन्ध सुदृढ गर्न र नेपाल राष्ट्रिय हितको पक्षमा काम गर्न सफल हुने विश्वास व्यक्त छन् ।
 
Nepal Investment bank
Nepal Investment bank
बुधबार, भदौ २९, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्