site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
धन्यवाद सुवर्ण अवाले, १६० जनाको ज्यान जोगाएकोमा !
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
गत आइतबार राति नेपाल वायुसेवा निगमको नयाँ एयरबस ए ३२० जहाज दिल्लीबाट काठमाडौंतर्फ आउने क्रममा धावनमार्गमा रोल हुँदै गर्दा पाङ्ग्रा पड्किएपछि चालक दलले जहाजलाई दिल्ली विमानस्थलमै सकुशल आकस्मिक अवतरण गराए । 
नाइन एन-अल्फाकिलोह्विस्की कलसाइनको जहाज निगमले गत वर्षमात्रै किनेको थियो, जसलाई सगरमाथा नाम दिइएको छ । समाचारमा आएअनुसार उड्नबित्तिकै जहाज थर्किन थालेको निगमका अन्य पाइलटले बताएका छन् । तर, त्यसै उडानका कप्तान सुवर्ण अवाले तथा सहचालकको आधिकारिक रुपमा कुनै वक्तव्य या भनाइ भने अहिलेसम्म आएको छैन ।
सेतोपाटीले जनाएअनुसार पाङ्ग्रा पड्किँदा टुक्रिएको चोइटा ‘फ्ल्याप’मा अड्किएको थियो । यदि जहाजको पखेटामा रहेको ‘फ्ल्याप’ नै हलचल नगर्ने हो भने जहाजलाई नियन्त्रणमा लिन चालक दललाई निकै हम्मे परेको हुनुपर्छ । जहाजको डेटाअनुसार एयरबोर्न भएदेखि ल्यान्डिङसम्मको समय ठीक २५ मिनेट रहेको छ । यो २५ मिनेटमा जहाजको चढाइ सरल रहे पनि गति र मेनुवरिङ सरल देखिन्न । जहाज एयरबोर्न भएको (जमिन छाडेको) एक मिनेटमा ३६० किमी प्रतिघन्टाको गतिमा २८५० फिटमाथिमा पुगेको थियो । त्यसपछि गति कम हुँदै २७२ किमी प्रतिघन्टामा आएको छ, उचाइ भने ३३०० फिट पुगेको छ ।
दुई मिनेटपछि गति बढेर ४१५ किमी पुगेको छ र उचाइ ३९७५ फिट । आठ मिनेटसम्म यही घटबढ क्रम जारी छ । जहाजको उचाइ ४१०० फिटसम्म रहेको छ । तर १३ मिनेटपछि पुनः जहाजको गति अढार्इ मिनेटसम्म घट्दै जान्छ र २४४ मा आउँछ र उचाइ पनि ३६५० फिटमा ओर्लेको देखिन्छ । दिल्ली विमानस्थलको उचाइ ७७८ फिट छ । यसबेला चालकदल अवतरणको तयारीमा रहेको देखिन्छ । तर, एक्कासि जहाजको पावर बढार्इ दायाँ मोडिन्छ ।
गति ३६८ सम्म पुगेको छ र उचाइ पनि ५०० फिट बढेको छ । जहाजलाई टावरले एक फन्को अझै मार्न भनेको हुनसक्छ या कप्तान आफैंले चाहेको हुनसक्छ । एयरबस ए३२० को साधारण टेकअफ गति २७५ किमी प्रतिघन्टा हुन्छ भने अवतरण २२०-२६०  हुन्छ । कुनै पनि जहाजको आपतकालीन अवस्थामा एयर ट्राफिक कन्ट्रोलरले चालकदललाई सोध्ने चलन हुन्छ "गो अहेड योर इन्टेन्सन अर्थात अब तिमी के गर्न चाहन्छौ त ? अनि चालकदलको इच्छा र सहजतालाई हदैसम्मको उच्च प्राथमिकता दिइन्छ । जहाजले करिब ४ हजार फिटको उचाइमा दुई छोटो छोटो चक्कर लगाएको थियो । चक्कर अनियन्त्रणले भन्दा पनि विमानस्थलको ट्राफिक क्लियरेन्सले लगाउनुपरेको हुनुपर्छ ।
यस्तो अवस्थामा जहाजलाई आकाशमा नियन्त्रणमा राख्नुभन्दा अवतरण झनै जोखिमपूर्ण हुन्छ । नयाँ जहाज 'सगरमाथा'मा प्राविधिक गडबडी नभर्इ भवितव्य आइलाग्नाले एकैपटक दुई खाले समस्या आइपरी आपतकालीन अवस्था सिर्जना भएको थियो । 
१) .पाङ्ग्रा पड्किएको अवस्थामा अवतरण गरेको
२) समाचारअनुसार पाङ्ग्राको टुक्रा 'फ्ल्याप'मा अड्किएको । 
यो घटना शायद निगम इतिहासकै जोखिमपूर्ण अवस्थामध्येको हुनुपर्छ । यस्तो अत्यन्त जोखिममूर्ण परिस्थितिबाट जोगिन एकमात्र उपाय बाँकी रहन आउँछ; चालकदलमा धैर्य र स्थिति नियन्त्रणमा लिनसक्ने कौशल । यसकारण कप्तान सुवर्ण अवाले तथा उडानदलका सम्पूर्ण सदस्य धन्यवादका पात्र हुन्, जसले आफूसहित १६० जनालाई दोश्रो जीवन दिए !
(डेटा सौजन्य; फ्लाइटरेडार)
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २९, २०७३  ११:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC