देश
काठमाडौँ । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार दिउँसो २ बजेर ४३ मिनेटको समयमा कास्की, लम्जुङ र गोरखासहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
केन्द्रका अनुसार लम्जुङ केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्यूडको परकम्प गएको हो ।
यो नयाँ भूकम्प नभइ गत वर्ष वैशाख १२ कै परकम्प भएको पनि केन्द्रले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असार २३, २०७३ १५:०६
प्रतिक्रिया दिनुहोस्