site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
डिल्ली पाण्डे
काठमाडौं ।
महानगरीय ट्राफिक महाशाखाले ४ महिनामा २६ जना प्रहरीलाई निलम्वन गरेको छ । 
घुस खाएको अभियोगमा उनीहरुलाई निलम्वन गरिएको हो । महानगरीय ट्राफिक  प्रमुख डीआईजी प्रकाश अर्यालले २६ जना ट्राफिक निलम्वनमा परेको जानकारी दिए ।
उनले आफु ट्राफिक प्रहरी प्रमुख भइसकेपछि २६ जना प्रहरीलाई घुस खाएको अभियोगमा कारवाही गरेको जनाए । 
निलम्वन पर्नेमा कलंकीदेखि महाशाखाकै लाइसेन्स फाँटमा काम गर्नेसम्म छन् ।
“आचरण खराव भएका केही ट्राफिकलाई निलम्बन गरेका छौं,” महानगरीय ट्राफिक महाशाखा प्रमुख डीआईजी प्रकाश अर्यालले भने,“निलम्बनमा परेकाहरुको अनुसन्धान हुँदैछ, आर्थिक लोभमा फस्ने ट्राफिकलाई कारवाही हुन्छ ।” 
निलम्बनमा पर्ने ट्राफिक प्रहरीले ५ सयदेखि ५ हजारसम्म घुस खाएको अनुसन्धानबाट खुलेको छ । 
कारवाहीमा पर्ने अधिकांशले सवारी नियम मिच्ने चालकबाट सडकमै रकम लिएर छाडेको अवस्थामा निलम्बन गरिएको महाशाखाले जनाएको छ । 
आर्थिक आचरण खराव भएका ट्राफिलाई कारवाही गर्न महाशाखाले एक छुट्टै समुह बनाएर उपत्यकामा परिचालन गरेको छ ।
गोप्य रुपमा परिचालन गरिएको टोलीले उपत्यकाका सडक र चेकिङ हुने स्थानको निगरानी गर्ने गरेका छन् । 
संगठनको नीतिविरुद्ध काम गर्ने र आर्थिक लोभमा फस्ने जुनसुकै ट्राफिकलाई कारवाही गर्ने डीआईजी अर्यालले बताए । 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २३, २०७३  १४:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC