site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पुलिस र एपीएफ च्याम्पियन
Ghorahi CementGhorahi Cement

काठमाडौं । सशत्र प्रहरीको एपीएफ र नेपाल पुलिस क्लबले सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेका छन् । रोल्पामा बुधबार सम्पन्न प्रतियोगितामा महिलातर्फ एपीएफ र पुरुषतर्फ पुलिसले उपाधि जितेका हुन् । 

रोल्पाको लिवाङमा भएको महिलातर्फको फाईनलमा एपीएफले नेपाल पुलिसलाई २५–९,२५–८ र २५–२० को सेटमा हराउदै उपाधि हात पार्यो । पुरुषतर्फको फाईनलमा पुलिसले अर्को बिभागिय टिम आर्मीलाई ३–१ को सेटमा हराउँदै च्याम्पियन बन्यो । पुलिसले आर्मीलाई २५–२१,१७–२५,३०–२८ र २५–२३ को सेटमा हराएको थियो ।

Agni Group

महिलातर्फ आर्मी र पुरुषतर्फ प्रदेश ४ ले तेस्रो स्थान हात पारे । महिलातर्फ आर्मीले प्रदेश ५ लाई २५–१९,२५–८ र २५–९ को सोझो सेटमा हराउदा पुरुषतर्फ प्रदेश ४ ले एपीएफलाई २५–२०,२५–१९ र २५–१९ को सोझो सेटमा स्तब्ध बनाएको थियो ।

प्रतियोगिताको उपाधि विजेता महिला तथा पुरुष टोलीले समान ३ लाख ५० हजार प्राप्त गरे । उपविजेता बनेका आर्मी र पुलिसले समान २ – २ लाख हात पारे ।  यस्तै तेस्रो बनेको प्रदेश ४ र आर्मीले समान १ – १ लाख हात पारे ।

Global Ime bank

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगितामा महिलातर्फ एपीएफकी सरस्वती चौधरी र पुरुषतर्फ पुलिसका कुलवहादुर थापा उत्कृष्ट खेलाडी घोषित भए ।

प्रतियोगिताको महिला तथा पुरुषतर्फ समान १० – १० टिमको सहभागिता रहेको थियो । प्रदेशका सात टिम र तीन बिभागिय टिम पुलिस,एपीएफ र आर्मीले सहभागिता जनाएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २, २०७५  १८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC