site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नेपालका प्रधानमन्त्रीको भारत भ्रमणको पूर्वसन्ध्यामा भदौ ८ र ९ गते भारतको राजधानी नयाँदिल्लीमा भएको दुई देशका गृह सचिवस्तरीय बैठकको कुरा गोप्य राखिएको भन्दै त्यस बैठकका विषयमा थाहा भएका एक उच्च अधिकारीले नेपालले उठाएका महत्वपूर्ण मुद्दामा भारतले बेवास्ता गरेको बताएका छन् ।
विगतमा सधैं यस्तो सचिवस्तरीय बैठकको निर्णय वेबसाइटमा राखेरै सार्वजनिक गर्ने गरिएकोमा यसपल्ट सो बैठकका निर्णय गोप्य राखिएको छ । ती अधिकारीका अनुसार नेपालले पहिलोपल्ट भारतलाई सीमा क्षेत्रमा भारतका कारणले समस्या भएको र सीमा क्षेत्रमा भएको अपराध नियन्त्रण गर्न भारतले विशेष पहल गर्नुपर्ने विषय उठाएको थियो । सीमा क्षेत्रनजिकै सडक बनाउने नाममा भारतले बाँध बनाएको र त्यसले नेपालका गाउँहरूमा बाढीको निकै ठूलो समस्या आएको विषयमा नेपालले भारतको ध्यानाकर्षण गरेको थियो । 
ती अधिकारीका अनुसार भारतीय गृह सचिव र उनको टोली भारतले बनाएको अवैधानिक बाँधले नेपाललाई दिएको समस्याका विषयमा बोल्न चाहेनन् र आफ्नो कार्यक्षेत्रभित्र नपर्ने भन्दै सो विषयमा मौन बसेका थिए । 
यस विषयमा गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालासँग प्रश्न गर्दा सो बैठकका निर्णय सार्वजनिक नगरिएको कुरा स्वीकारेका छन् । कोइरालाले भने, “बैठकमा भएका निणर्यहरु सार्वजनिक गर्नुपर्छ भन्ने छैन, यो बैठक हो, आवश्यकता ठाने सार्वजनिक गर्ने हो ।”
सो बैठकमा केकस्तो विषयमा छलफल भएको थियो भन्ने बाह्रखरीको जिज्ञासामा प्रवक्ता कोइरालाले दुई देशका सचिवस्तरीय बैठकमा जाली नोटको कारोबार, लागु औषध कारोबार, औषधि बनाउन प्रयोग हुने रसायन भारतबाट आउने भएका कारण त्यसको निगरानी, सीमा क्षेत्रमा दुवै देशले ध्यान दिनेलगायत विषयमा मुख्य रूपमा छलफल भएको बताए । 
कोइरालाले अन्य विषयमा पनि छलफल भएको स्वीकारे पनि सीमा क्षेत्रमा रहेको अवैध बाँध, भारतीय विमानस्थलबाट नेपालीहरूको तस्करीजस्ता नेपालले उठाएको विषयका सन्दर्भमा प्रकाश पार्न चाहेनन् ।
यसबाहेक पनि उक्त बैठकमा सीमा सुरक्षाका विषय, दुई देशबीचको कानुनी सहायता, सुपुर्दगी सन्धि, सीमा क्षेत्रमा हुने चोरीसिकारी तथा प्रहरी तालिम केन्द्र निर्माणका विषयमा छलफल भएको थियो ।
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७३  १४:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC