site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
विवादित ‘फेक न्युज’ कानुन रद्द नगर्ने मलेसियाको नयाँ सरकारको घोषणा 
Sarbottam CementSarbottam Cement

बीबीसी । मलेशियाका नयाँ प्रधानमन्त्री महाथिर मोहोम्मदले पूर्वप्रधानमन्त्री नाजिबको कार्यकालमा निर्माण गरिएको फेक न्युज विरुद्धको विवादित कानूनमा आवश्यक परिवर्तन ल्याउने तर पूर्ण रुपमा रद्द नगराउने घोषणा गरेका छन् । सो कानूले संचारको स्वतन्त्रतामाथि नै गम्भीर प्रश्न उठाएको आरोप लगाइएपनि सांसदले निर्वाचनको अघिल्लो हप्ता त्यसलाई पारित गरेको थियो ।

त्यस समय चुनावको प्रचार गरिरहेका महाथिरले भने आफू सत्तामा आउनासाथै उक्त कानूनलाई पूर्ण रुपमा हटाइदिने वचन दिएका थिए । तर अहिले चाहिँ उनले मिडियाको स्वतन्त्रताको पनि एउटा निश्चित सीमा तय गर्न जरुरी रहेको बताएका हुन् । मलेशियामा यसअघि फेक न्युज प्रचार गर्नेमाथि ६ वर्षको जेल सजाय र १ लाख २८ हजार अमेरिकन डलरको जरिवाना तय गरिएको थियो । गत अप्रिलमा निर्वाचन अगाडि नै सो कानून प्रस्ताव गरिएको थियो । त्यतिबेला आफ्ना आलोचकहरुको मुख बन्द गर्न नाजिबले यस्तो षड्यन्त्र रचेर देशमा निरंकुश शाषन भित्र्याउन खोजेको विपक्षीहरुको आरोप थियो । यस कानूनको कारबाहीमा भने अहिलेसम्म डानिस नेस्नलबाट एकजना संचारकर्मी मात्र परेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यसै घटनापछि महाथिरले आफू विजयी भएमा उक्त कानून पूर्ण रुपमा रद्द गराउने र यस्तै प्रकारका अन्य विवादित नियमहरु पनि हटाइदिने वचन दिएका थिए । त्यतिबेला नाजिबको सरकारले महाथिरमाथि समेत फेक न्युज फैलाउँदै हिँडेको आरोप लगाएको थियो । तर प्रधानमन्त्री पदमा आइसकेपछि भने आइतबार उनले भनेका छन्, ‘हामी संचारको स्वतन्त्रताको पक्षमा भएपनि यसको सिमित सिमा तोक्न जरुरी छ । त्यसैकारण हामीले यसलाई पूर्ण रुपमा रद्द गर्दैनौँ तर फेक न्युज नियममा आवश्यक परिवर्तन भने अवश्य ल्याउनेछौँ जसपछि जनता र मिडियाहरुले कुन समाचार फेक हो र कुन सहि हो भन्ने सजिलै थाहा पाउन सक्नेछन् ।’

उता एयर एसियाका प्रमुखले पनि निवार्चनमा पूर्वप्रधानमन्त्री नाजिब रजकको सरकारबारे प्रचार गर्न मद्दत गरेकामा माफी मागेका छन् । चुनावको केही समय अगाडि एयर एसियाका प्रमुख टोनी फर्नान्डसले विमानभित्रै नाजिबको समर्थन भिडियो यात्रुहरुमाझ प्रस्तुत गरेका थिए र साथै उनको सरकारको स्लोगनलाई समेत विमानमा पेन्ट गरेका थिए । यसै कारणले चारैतिरबाट आलोचित हुनुपरेपछि आइतबार आधिकारिक फेसबुक पेजमार्फत एउटा भिडियो सार्वजानिक गर्दै उनले माफी मागेका हुन् । उनले भनेका छन्, ‘मेरो सो निर्णय कुनैपनि अवस्थामा सहि थिएन र मलाई त्यसप्रति सधैँ पछुतो रहिरहनेछ ।’

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०७५  ०६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC