site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

आइतबार नेपाल बन्द थियो । केही जिल्लामा आवागमन प्रभावित भए पनि काठमाडौं उपत्यकामा भने बन्दको कुनै प्रभाव परेन । चितवन, पोखरालगायत केही स्थानमा जनसामान्यलाई आतंकित गराउन बम विस्फोट गराइयो । बन्दको आह्वान नेपाल कम्युनिस्ट पार्टीको विप्लव समूहले गरेको थियो । बम विस्फोटबाट सामान्य क्षति भयो । चितवनमा विस्फोट गराउने अपराधीहरूको पहिचान भइसकेको दाबी प्रहरीले गरेको छ । प्रहरीका अनुसार सीसीटीभीमा अंकित दृश्य सामग्रीबाट विस्फोटमा संलग्न व्यक्तिको अनुहार चिनिएको छ र निज माओवादी कार्यकर्ता हुन् । मकवानपुरको हेटौंडामा बमसहित विप्लवका कार्यकर्ता समातिएका छन् । डोल्पाको त्रिपुराकोटमा प्रहरीले पक्रेको व्यक्तिलाई विप्लवका कार्यकर्ताले छुटाएर लगेको समाचार छ । बन्दको आह्वान गरेकै कारण बम विस्फोटका लागि जिम्मेवार ठहर गर्न त नमिल्ला तर शंका भने विप्लवकै कार्यकर्तामाथि जानु स्वाभाविकै हो । यद्यपि, यसो भन्दैमा प्रहरीले अरू कोणबाट अनुसन्धान गर्न छाड्नु हुँदैन । कथित धर्मगुरु श्रीनिवास आचार्यमाथि गोली प्रहारको रहस्योद्घाटनमै पनि नेपाल प्रहरीको अनुसन्धान क्षमता प्रकट भएको छ ।

यसपटकको बन्द प्रभावहीन हुनुको मूल कारण सञ्चार माध्यमले त्यसलाई महत्त्व नदिनु नै हो । धेरैले बन्द आह्वान गरिएको थाहै पाएनन् । यसै पनि राजनीतिक दलहरूले आह्वान गरेको बन्द जनसमर्थनबाट नभएर आतंक फैलाएरमात्र सफल हुनेगरेको हो । नेपालको सञ्चार माध्यम र समाजमै पनि यस्ता नकारात्मक विषयको प्रचार बढी हुने गरेको छ । बन्दको प्रचारमा अर्का सहयोगी विद्यालयहरू हुन् । बन्द आह्वान गर्नेको प्रभावै नभए पनि विद्यालयहरू बन्द गरिन्छन् र विद्यार्थीले बन्दको समाचार घरघर पु¥याउँछन् । समाजका सबै क्षेत्रले बन्दको अवज्ञा गर्ने हो भने कसैले पनि देशभर प्रभाव पर्नेगरी जबर्जस्ती बन्द गराउन सक्तैन । विरोधका लागि बन्दको आह्वान गर्नु नै अपराध हैन तर बन्द सफल बनाउने नाममा अवलम्बन गरिने आतंककारी उपाय भने अपराध हो । सञ्चार माध्यम संयमित र सरकार सजग हुने हो भने जनता आतंकित हुने थिएनन् ।

Agni Group

सरकारले शान्ति सुरक्षा कायम गर्न संविधान र कानुनको आफूले पनि उल्लंघन नगर्ने र अरूलाई पनि उल्लंघन गर्न नदिने दृढता देखाउने हो भने राजनीतिका नाममा मच्चाइने आतंकमात्र हैन अरू प्रकारका जघन्य अपराध पनि नियन्त्रित हुन्छ । सार्वजनिक स्थानमा बम पड्काउन लागेको अवस्थामा वा बम बोकेर हिँडेका बेला दसीसहित समातिएको व्यक्तिलाई सार्वजनिक अपराध (नियन्त्रण तथा सजाय) ऐनमा मुद्दा चलाउँदा सरकार नै आंककको मतियारजस्तो बन्न पुग्छ । प्रहरीले पक्राउ गरेको व्यक्तिलाई हुलबल गरेर छुटाउने वा बमसहित समातिएका व्यक्तिलाई पनि सामान्य हुल्याहालाई जस्तै तर्साउनमात्र खोज्ने हो भने जघन्य अपराधमा संलग्न हुनेहरूको मनोबल बढ्छ । यसैले जुन अपराध गरेको हो सोही कानुनलगाएर मुद्दा चलाउनुपर्छ । यस्तै, सञ्चार माध्यमले पनि बन्दजस्ता कार्यक्रममा आतंकको विस्तार हुनेगरी समाचार प्रचारप्रसार गर्दा आतंक फैलाउन खोज्ने जमातकै मनोबल बढ्छ । अतः सरकार र सञ्चारकर्मी आतंकको मतियार हुनबाट जोगिनुपर्छ । बन्द आह्वानको समाचार प्रचारप्रसार नगरेर आतंकविरुद्ध उभिन सञ्चारकर्मी हिचकिचाउनु हुँदैन ।   

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०७५  १२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC