site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । विभिन्न राजनीतिक दलका नेताले नेपाल हित विपरित कुनै पनि सन्धी सम्झौता नगर्न सुझाव दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा नेताहरुले भारत भ्रमणका क्रममा नेपालको अहित हुने कुनै पनि सन्धी सम्झौता नगर्न सुझाव दिएका हुन् ।
बैठकबाट बाहिरिने क्रममा एमाले नेता माधवकुमार नेपालले नेपालभारत बीच कुनै असमझदारी भए हटाउन सुझाव दिएको जानकारी दिए । “नेपाली जनताको भावनामा आँच आउने गरी कुनै पनि सम्झौता नगर्न सुझाव दिएँ,” नेता नेपालले भने, “नेपालको अखण्डता, सर्बाभौमिकतामा आँच आउने गरी कुनै पनि सन्धी सम्झौता नगर्न सुझाव दिएँ ।”
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले कुनै सन्धी सम्झौता नगर्न सुझाव दिएको बताए । उनले नेपाली जनतालाई लाभ हुने गरी सन्धी सम्झौता गर्न सुझाव दिएको बताए । महतोले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा जानु अघि नै तीन बुँदे सहमति कार्यान्वय गर्ने आश्वासन दिए पनि पूरा नगरेको भन्दै बैठकमा आपत्ति जनाएका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले यसबारे छलफल गर्न बुधबार बिहान ११ बजे बैठक बोलाएको जानकारी गराएका थिए ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बाहिर आएजस्तो नेपाल–भारत सम्बन्ध नचिसिएको भन्दै चिसिएको भए तताउन सुझाव दिएको जानकारी दिए । “हामी सरकारमा छँदा नेपाल भारत सम्बन्ध चिसियो भनेर प्रचार गरियो, वास्तविकता त्यो थिएन । यदि भएको भए सम्वन्ध तताउनुहोस् भनेर भने,” केसीले भने ।   
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७३  १३:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC