site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
शताब्दी टेक्दै शताब्दी पुरुष सत्यमोहन जोशी
Sarbottam CementSarbottam Cement

काठमाडौँ (रासस) वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी आइतबारदेखि १०० वर्षमा प्रवेश गरेका छन् ।

दायित्व वाङ्मय प्रतिष्ठानको १९औँ वार्षिकोत्सवका अवसरमा आज प्रतिष्ठानका महासचिव देवप्रकाश निरौलाले सो जानकारी दिँदै नेपाली कला तथा संस्कृतिका ज्ञाता जोशी नेपाली संस्कृति तथा कलाका गौरव भएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा प्रतिष्ठानद्वारा आयोजित विभिन्न व्यक्तित्वलाई सम्मान गर्दै शताब्दी पुरुष जोशीले नेपाली कला तथा संस्कृतिको संरक्षणमा युवावर्गलाई सचेत पार्नुपर्ने आवश्यकता औँल्याए।

जोशीले साहित्यले समाज परिवर्तनमा प्रमुख भूमिका रहने बताउँदै त्यसैले साहित्यकारले कविता लेख्दा  पाठकको मन छुने साहित्य लेख्नुपर्ने सुझाव दिए ।

Global Ime bank

साहित्यकार श्रीओम श्रेष्ठ रोदन, बाल साहित्यकार रामबहादुर दाहाल, प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तलगायत वक्ताले साहित्यकारहरु सिर्जनाका पारखी भएकाले समाज निर्माणमा प्रभाव पर्नेखालका साहित्य लेख्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा संस्कृतिविद् जोशीले डा विष्णुराज आत्रेय, देवीप्रसाद वनवासी, रामबहादुर पहाडी तथा कलाधर काफ्लेलाई ‘दायित्व वाङ्मय सम्मान’ तथा कृष्ण प्रधानलाई ‘हरिकला–गुणाकर दायित्व रचना पुरस्कार’ प्रदान गरे ।

प्रधानले प्राप्त गरेको रचना पुरस्कारको राशि रु १० हजार तथा सम्मानपत्र रहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०७५  ०८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC