site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
को हुन् ‘छक्का पञ्जा–३’ का पुष्प र दीपिका ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली चलचित्रकै इतिहासमा सर्वाधिक ग्रस कलेक्सन गरेर नयाँ रेकर्ड बनाएको  चलचित्र ‘छक्का पञ्जा’ को तेस्रो सिक्वेलमा नयाँ नायक नायिका देखिने भएका छन् । शुक्रबारबाट छायांकन सुरु भएको ‘छक्का पञ्जा–३’ मा कमेडी कलाकार अघिल्लो सिक्वेलकै दोहोरिए पनि नायक नायिकामा भने नयाँले प्रवेश पाएका हुन् । 

नायिकामा दीपिका प्रसाइँले इन्ट्री मार्दा नायकमा पुष्प खड्काले प्रवेश पाए । 

Prabhu Bank
Agni Group
NIC Asia

पुष्प भर्खरै प्रदर्शनमा आएको चलचित्र ‘मंगलम’ का नायक हुन् भने दीपिका केही महिना अगाडि रिलिज भएको चलचित्र ‘ऐश्वर्य’ की नायिका हुन् । दुबै चलचित्रले राम्रै ब्यापार गरेका थिए । चलचित्रको ब्यापारभन्दा पनि उनीहरुको अभिनयको तारिफ बढी भएको थियो । पुष्पको खुलेरै प्रंशसा भएको थियो भने नव नायिकाका रुपमा प्रवेश गरेकी दीपिकाको अभिनय हेरेर सम्भावना बोकेकी नायिका भनिएको थियो । 

‘ऐश्वर्य’ दीपिकाको पहिलो चलचित्र थियो भने पुष्पले भने ‘मंगलम’ भन्दा अगाडि अन्य चलचित्रमा पनि काम गरिसकेका थिए । तर उनले अन्य चलचित्रबाट भने अपेक्षित सफलता पाउन सकेका थिएनन् । ‘दर्पण छायाँ–२’ मा पनि उनले अभिनय गरेका थिए । उनले दर्जनौं म्युजिक भिडियोमा समेत अभिनय गरिसकेका छन् ।   

Global Ime bank

दसैंको फुलपातीका दिन रिलिज गर्ने भनिएको चलचित्र ‘छक्का पञ्जा–३’ लाई दीपाश्री निरौलाले निर्देशन गर्दैछिन् । 

 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०७५  १८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC