site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

दाङ, रासस । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई सफल बनाउनुपर्ने बताएका छन् । 
प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई द्विपक्षीय हित, सहयोग र सद्भावका रुपमा लिनुपर्दछ । ” 

मुख्यमन्त्री पोख्रेलले राष्ट्रिय हितमा उभिन वर्तमान सरकारलाई कसैले सिकाउनु नपर्ने उल्लेख गर्दै भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका विषयमा कसैले पनि नकारात्मक टिप्पणी गर्न नहुने बताए । भारत र नेपालको सम्बन्धलाई थप उचाइमा पु¥याउन भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण कोसेढुंगा सावित हुने बताउँदै उनले    विगतमा भारतले गरेका अमानवीय नाकाबन्दीको विषयमा जनस्तरबाट सरकारलाई ध्यानाकर्षण गराउने सन्दर्भमा आएका टीकाटिप्पणीलाई सल्लाह र सुझावका रुपमा लिई भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई सफल बनाउने सन्दर्भमा सरकारको ध्यान केन्द्रीत भएको धारणा व्यक्त गरे । 
मुख्यमन्त्री पोख्रेलले जिल्लाको स्वास्थ्य, शिक्षालगायत सबै क्षेत्रको चौतर्फी विकासका लागि प्रदेश सरकारले केन्द्र र स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्ने बताउँदै नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच अगामी जेठभित्रै एकताको टुंगो लाग्ने बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०७५  १३:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC