site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबारदेखि छिमेकी मुलुक भारतको चारदिने राजकीय भ्रमण गर्दैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री दाहाल भारतको भ्रमणमा जान लागेका हुन् ।
भारतमा रहँदा प्रधानमन्त्री दाहालले भारत सरकारको विशिष्ठ अतिथिका रुपमा भारतीय राष्ट्रपति भवनमा बस्नेछन् ।  प्रधानमन्त्रीको भ्रमण दलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा महत, व्यवस्थापिका–संसद्का केही सांसद, विभिन्न मन्त्रालयका सचिवहरु, उच्च सरकारी अधिकारी, विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा व्यवसायीको सहभागिता रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । 
भारत पुगेलगत्तै ३० गते नै प्रधानमन्त्री दाहाल नेपाली दूतावासले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन् । त्यसपछि उनले राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 
भदौ ३१ गते राष्ट्रपति भवनमा आयोजना हुने ‘गार्ड अफ अनर’ समारोहमा सहभागी भएर उनी महात्मा गान्धीको समाधिस्थल राजघाट जाने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यही दिन अर्थात् भदौ ३१ गते प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपति प्रणव मुखर्जीबीच शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपतिसँगको भेटवार्तालगत्तै प्रधानमन्त्रीले भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकारका वरिष्ठ मन्त्री एवम् पदाधिकारीसँग भेटवार्ता गर्नेछन्।  यस्तै, प्रधानमन्त्री दाहालले असोज १ गते हिमाञ्चल प्रदेशमा निर्माणाधीन नाथ्पा झाँक्री जलविद्युत् परियोजनाका साथै हरिद्वारमा रहेको पतञ्जली योगपीठ र त्यससँग सम्बन्धित विभिन्न उद्योगको समेत निरीक्षण गर्नेछन् ।
त्यसैगरी, प्रधानमन्त्री दाहालले नयाँ दिल्लीमा बसोबास गर्दै आएका नेपाली समुदायका उद्योगी तथा व्यवसायीसँग अन्तक्र्रिया गरेर उनी असोज २ गते स्वदेश फर्किनेछन् ।
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७३  १०:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC