site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

रुकुम (पूर्व)का विद्यालयहरू यार्सा टिप्नका लागि बन्द गरिएको समाचारले विद्यार्थी भर्ना अभियानमा गरिएको तामझाम र त्यसमा संलग्न विशिष्ठ व्यक्तिहरूलाई कुरीकुरी गरेको छ । महँगोमा बिक्ने बुटी यार्सा टिप्न त्यहाँका शिक्षक, बालबालिका र अभिभावकहरूसमेत बर्सेनि हिमाली भेगका पाटनमा जाने गर्छन् । यही कारण देखाएर बर्सेनि विद्यालय बन्द गर्ने गरिएको छ । यार्सा पाइने क्षेत्रमा वन कार्यालय र स्थानीय व्यवस्थापन समितिहरूको अनुमति लिएरमात्र प्रवेश गर्न पाइने प्रचलन छ । सामान्यतः जेठको दोस्रो सातादेखि यार्सा टिप्न खुला गरिन्छ । तर, यार्सा टिप्न जानेहरू भने वैशाख दोस्रो सातादेखि नै पाटनतर्फ लाग्छन् । नेपालको हिमाली भेगमा हुने महँगो बुटी यार्र्सा रुकुम (पूर्व)का केही क्षेत्रमा पनि पाइन्छ ।

यार्सा टिप्न केही वर्ष यता निकै भिड लाग्न थालेको छ । संकलित बुटीको उचित मूल्य भने यार्सा टिप्न ज्यानको बाजी लगाउनेहरूले पाउँदैनन् । यस्तै, स्थानीय क्षेत्रले धान्नेभन्दा ठूलो भिड लाग्न थालेपछि त्यहाँको भारवहन क्षमतामा प्रतिकूल प्रभाव पर्ने जोखिमप्रति खासै ध्यान पुगेको पनि देखिँदैन । यार्सा संकलन प्रकरणमा यो पक्ष उत्तिकै महत्त्वपूर्ण भए पनि विद्यालय बन्द गर्ने विषय भने अझ गम्भीर र आपत्तिजनक मानिनुपर्छ । यार्सा खोज्न बर्खे बिदा मिलाएर जाने गरिएकाले यसलाई स्थानीय प्रमुख जिल्ला अधिकारी र जिल्ला शिक्षा अधिकारीले सामान्यरूपमा लिएको देखियो । तर, शिक्षकहरू विद्यालय बन्द गरेर अर्को काममा जाने वा बालबालिकालाई यार्सा टिप्नेजस्तो जोखिमपूर्ण काममा लगाउने गर्नु कानुनी र नैतिक दुवै दृष्टिबाट अनुचित हुन्छ ।

विद्यालय भर्ना अभियानको स्वरूप र शैलीमा प्रश्न गर्न सकिने ठाउँ भए पनि यसको आवश्यकता र औचित्यमा विवाद छैन । तर, बालबालिकालाई यार्सा खोज्न लगाउने कार्य भने बालअधिकारको प्रत्यक्ष हनन हो । बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाउन राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनी प्रावधानहरूले निषेध गरिएको छ । शिक्षकहरूले राज्यबाट नियमित तलबभत्ता पाउँछन् । यसैले उनीहरू यार्सा खोज्नैका लागि विद्यालय बन्द गरेर जानु अनुचित अभ्यास हो । विद्यालय बन्द नभए अधिकांश बालबालिका पढाइ छाडेर यार्सा टिप्न पक्कै जाने थिएनन् । यो गरिबीसँगमात्र जोडिएको समस्या हैन । त्यसभेगमा भन्दा बढी गरिबी भएका ठाउँमा पनि विद्यालय नै बन्द गरेर शिक्षक, विद्यार्थी, अभिभावक सबै पैसा कमाउन हिँड्ने त गर्दैनन् । यसैले सरकारले भर्ना अभियानसँगै विद्यालय सञ्चालन पनि ध्यान दिनु आवश्यक देखिन्छ । नत्र, भर्ना अभियानलाई यार्सा खोज्न विद्यालय बन्द गर्नेहरूले चुनौती दिइरहने छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०७५  १३:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC