site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बलियो मुलुकले आड दिएपछि निर्धाहरूको सबै अधिकार कसरी सजिलै खोसिन्छ भन्ने ज्ज्वलन्त उदाहरण भुटानी शरणार्थीको अवस्था हो । पूर्वी नेपालमा विगत ३० वर्षदेखि शरण लिइरहेको करिब सबा लाख भुटानीहरूमाथि भएको अन्यायप्रति विश्व समुदाय कहिल्यै गम्भीर भएन । नेपाली भाषी हुनु नै उनीहरूको सबैभन्दा ठूलो ‘अपराध’ बन्न पुग्यो । म्यान्मारको सरकारले रोहिंग्या मुसलमानहरूलाई धर्मका कारण उठीवास लगाएजस्तै भाषा, संस्कृति र धर्मका कारण नेपाली भाषी भुटानीहरूलाई लखेटिएको थियो । तर, संसारले कहिल्यै तिनीहरूमाथि भएको अन्यायलाई गम्भीरतापूर्वक लिएन । पश्चिमी मुलुकहरूले नेपालका विभिन्न शिविरमा बसेको शरणार्थीलाई अमेरिकालगायत केही मुलुकमा बसाए । परन्तु, भुटानको सत्ताले उनीहरूमाथि गरेको ‘जाति संहार’को विषय उठाएनन् । अरू त अरू सबा लाखभन्दा बढी शरणार्थीको बोझ थेग्न कठिन हुँदासमेत नेपालले पनि शरणार्थी समस्यालाई खुलेर अन्तर्राष्ट्रियकरण गरेन । भुटानले नेपाली भाषी नागरिकलाई ‘जाति संहार‘ कै शैलीमा गरेको दमनलाई नेपालले मानव अधिकारको विषय बनाउन चाहेन । भुटानी शरणार्थीले धेरै पहिलेदेखि यस समस्यामा भारतको मध्यस्थता खोज्दै आएका छन् । यही क्रममा अहिले भारत र नेपालका प्रधानमन्त्रीसँग स्वदेश फर्कने वातावरण बनायदिन याचना गरेका छन् ।

भुटानसँग नेपालको सीमा जोडिएको छैन । यस दृष्टिका नेपाल तेस्रो मुलुक हे । जीवन संकटमा परेपछि देशबाट भागेका भुटानीहरूलाई शरण दिनुपर्ने पहिलो दायित्व भारतको हो । तर, भारतले सधैँ नै भुटानका निरंकुश शासकलाई साथ दियो । भारतकै आडमा भुटानले उनीहरूको ससम्मान घर फर्कन पाउने नैसर्गिक अधिकार खोस्यो । अमेरिकालगायत पश्चिमी देशहरू नेपालको बोझ हल्का गर्न र भुटानमा नेपाली भाषीलाई अल्पसंख्यक बनाउन शरणार्थीहरूलाई आफ्नो मुलुकमा बस्न दिन बरु तयार भए तर तिनले भुटानले मानव अधिकारको खुला उल्लंघन गरेको विषय उठाएनन् । अहिले रोहिंग्या शरणार्थीको समस्या उठाएजसरी पश्चिम र मानव अधिकार समुदायले यिनको अवस्था पनि उठाएको भए उनीहरू पराइ मुलुकमा ओत लाग्न जानुपर्ने थिएन । भुटान फर्केर आफ्नै माटोमा जरा फैलाउन सक्ने थिए । तर, अब धेरै समय बितिसक्यो । नेपाल भएका करिब सबा लाखभन्दा बढी भुटानीमध्ये एक लाख १० हजार भन्दा बढीलाई तेस्रो मुलुकमा पुनर्वास गराइएको छ । तर, अझै पनि १०–१५ हजार नेपाली भाषी भुटानी नेपालमा अलपत्र परेका छन् । 

विख्यात नेपाली नाटककार बालकृष्ण समले लेखेका छन् – ‘‘देशभक्ति त मर्दैन चुत्थै देश भए पनि’’ । भुटानीहरूको देशभक्तिले उनीहरूलाई अझै हरेस खान दिएको छैन । यस्तै उनीहरूले भारतको आड पाउँदासम्म भुटान सरकारले शरणार्थीलाई फर्केर जान दिनेछैन भन्ने पनि बुझेका छन् । नेपालसँग उनीहरूको गुनासो नेपालले आफ्नो समस्यालाई उठाउनु पर्ने मञ्चहरूमा उठाएन भन्ने नै हो । उनीहरू नेपाली भाषी भएकाले नेपालको सांस्कृतिक निकटता छ । यस्तै, नेपाल भूमिमा भएकाले उनीहरूप्रति नेपालको दायित्व पनि छ । अब नेपाली भाषीका कारण भुटानमा शासकहरू अल्पसंख्यामा पर्न सक्ने खतरा पनि रहेन । नेपाल राजनीतिक संक्रमणबाट पनि मुक्त भएको छ । उत्तम त भुटानले नै आफ्ना नागरिकलाई ससम्मान स्वदेश फिर्ता बोलाउनु हुन्थ्यो तर त्यो सम्भव देखिएन । यसैले भुटानी शरणार्थीप्रतिको दायित्व बोध गरेर नेपालले भारतका प्रधानमन्त्रीको नेपाल भ्रमणका अवसरका भुटानीहरूलाई फर्केर आफ्नो मुलुकमा जान बाटो दिनुपर्ने भारतको कर्तव्य स्मरण गराइदिनुपर्छ । अहिलेसम्म जति नै ज्यादती सहन परे पनि भुटानी शरणार्थीहरूले हिंसात्मक बाटो अपनाएका छैनन् । तर, तिनको पनि त धैर्यको बाँध टुट्न सक्छ । नेपाल र भारत दुवैले यो मानवीय पक्ष पनि बिर्सनु हुँदैन । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०७५  १५:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC