बाह्रखरी
भर्खरै
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
राष्ट्रिय हित विपरित सन्धि/सम्झौता नगर्न प्रधामन्त्रीलाई आग्रह
KNP nepal
KNP nepal
बाह्रखरी - सोमबार, भदौ २७, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौं । संयुक्त विद्यार्थी संगठनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणका क्रममा राष्ट्रिय हित विपरित कुनै पनि सन्धि सम्झौता नगर्न ध्यानाकर्षण गराउने निर्णय गरेको छ । 
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय कार्यालय बागबजारमा बसेको ८ विद्यार्थी संगठनको बैठकले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा नेपाल र नेपाली जनताको हित विपरित कुनै पनि सन्धि सम्झौता नगर्न ध्यानाकर्षण गराउने निर्णय भएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।
यस्तै संयुक्त विद्यार्थी संगठनले विद्यार्थी आन्दोलनले हासिल गरेका उपलब्धिहरुको कार्यान्वयनमा जोड दिने, नजिकिदै गरेका ठूला चाडपर्वमा सहज आपूर्तिको व्यवस्था मिलाउने, महंगी÷कालाबाजारी नियन्त्रणमा परिणाममुखी कदम अगाडि बढाउने, यातायात क्षेत्रमा देखिएका विकृति विसंगतिहरुको अन्त्यका निम्ती ठोस कदम चाल्न पनि आग्रह गरेको छ । 
बैठकमा अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), नेविसंघ, मधेसी विद्यार्थी फोरम लोकतान्त्रिक, अनेरास्ववियु पाँचौं, तराई मधेस विद्यार्थी फ्रन्ट, अखिल क्रान्तिकारी र नेपाल क्रान्तिकारी विद्यार्थी संघको उपस्थित रहेका थिए । 
 
Nepal Investment bank
Nepal Investment bank
सोमबार, भदौ २७, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्