site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
 
सरकारको अहिलेकै कार्यशैली, नेतृत्व र सोचबाट भूकम्पबाट भत्केका निजी घरहरूमात्र हैन सार्वजनिक संरचनाहरूसमेत आउँदा केही वर्षसम्म पनि बन्ने सम्भावना देखिँदैन । सबैभन्दा पहिले बन्नुपर्ने विद्यालय र स्वास्थ्य संस्थाहरूसमेत बनाउन न सरकारका सम्बन्धित मन्त्रालय अगाडि सरेका छन् न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले नै सहजीकरण गरेको छ । फलस्वरूप, भूकम्प प्रभावित ३१ जिल्लाका ७ हजार ९ सय २३ विद्यालय भवन भत्केका कारण विद्यार्थीले अस्थायी टहरा र छाप्रामा कहर काटेर पढेका छन् । दुईवटा बर्खामा ती विद्यालयका शिक्षक र विद्यार्थीले घाम, पानी र सिरेटो खपिसकेका छन् । भूकम्प जानेबित्तिकै देखि सरकारले विद्यालय र स्वास्थ्य संस्थाका भवन निर्माणलाई प्राथमिकता दिने भने पनि राजनीतिक नेतृत्व र पुनःनिर्माण प्राधिकरणको कार्यशैली तथा सोचका कारण अहिलेसम्म सरकारले एउटा विद्यालय पनि पुनःनिर्माण गर्न सकेको छैन । पुनःनिर्माणमा सरकारी असफलताको उदाहरण प्रमाणित गर्न यसबाहेक अरू केही प्रमाण चाहिँदैन । 
 
भूकम्पबाट भत्केका पुरातात्विक, सांस्कृतिक र धार्मिक सम्पदाको पनि सरकारी स्तरबाट एउटा पनि पुनःनिर्माण कार्य सम्पन्न भएको छैन । पुरातात्विक महत्ताका सम्पदाको पुनःनिर्माणमा हतार गर्नु पनि हुँदैन । कामको थालनी नै नभएको र कमिसनको चक्कर निर्णायक भएको देखिएकाले मात्रै पुरातात्विक महत्वका सम्पदाको पुनःनिर्माण बढी आलोचनाको विषय बन्न पुगेको हो । तर, विद्यालय भवनको निर्माण त्यस्तो जटिल निर्माण कार्य हैन । विद्यालय भवनहरूको भूकम्प प्रतिरोधी नक्सा तथा लागत अनुमान पहिलेदेखि नै तयार थियो । विद्यालय भवन निर्माणमा कमिसनको लोभ नगर्ने हो भने व्यवस्थापन समितिहरूले जनसहभागितासमेत परिचालन गरेर बेलैमा भवनहरू निर्माण गर्न सक्थे । सरकारले स्थानीय जनतालाई भवन बनाउन अनुदान दिनु त परै जाओस् अनुमतिसम्म पनि दिएन । ललितपुरको एउटा विद्यालयको पुनःनिर्माणका लागि विद्यालयबाटै दाता खोज्दा पनि सरकारले अनुमति दिन वर्ष दिन लगाइदिएको उदाहरणले पनि सार्वजनिक विद्यालय र स्वास्थ्य संस्थाको निर्माण हुन नसक्ने पुष्टि हुन्छ ।
 
भूकम्पबाट भत्केका विद्यालय वा स्वास्थ्य संस्था बन्दै नबनेका भने हैनन् । सरकारको संलग्नता पटक्कै नभएको वा अपेक्षाकृत एकदमै कम भएका ठाउँमा विद्यालय र स्वास्थ्य संस्था निर्माण भएका छन् । राष्ट्रिय वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा स्थानीय जनताको अग्रसरतामा यस्ता निर्माण कार्य भएका हुन् । यसको अर्थ के हो उपयुक्त विधि अपनाइएको भए विशेषगरी सरकारले स्थानीय जनतालाई विश्वासमा लिएर विद्यालय भवनहरू निर्माणलाई प्राथमिकता दिएको भए अहिलेसम्म सके त सबै नभए पनि धेरै विद्यालय भवन बनिसक्ने थिए । वर्ष दिन हुँदा पनि निर्माण सम्पन्न गर्न नसकिने नक्सा सम्भवतः कुनै विद्यालयको पनि छैन । यसैगरी विद्यालय भवन निर्माणमा सकेसम्म स्थानीय सामग्रीको प्रयोग गर्ने नीति लिइएको भए अरू सहज हुनेथियो । स्थानीय जनतालाई नै स्रोत खोज्ने छुट दिएको भए वा प्राविधिक निगरानी र सहयोग उपलब्ध गराई अपुग स्रोत जुटाउन सरकारले सहजीकरण गरिदिएको भए भुइँचालो गएको डेढ वर्षसम्म पनि विद्यालय भवन नबनेर बालबालिकाले कहर काट्नुपर्ने थिएन । सरकार चलाउने वा प्राधिकरणको नेतृत्वलाई यति पनि थाहा नभएको भए तिनीहरू ती पदका निम्ति योग्य भएनन् । थाहा हुँदाहुँदै पनि विद्यालय निर्माणमा हेलचेक्य्राइँ गरेका हुन् भने तिनीहरू सजायका पात्र हुन् । मूलतः सबै कामकाज केन्द्रीकृत गर्ने शैली अपनाइएकाले यस्तो विडम्बना उत्पन्न भएको हो । निर्णयका सबै अधिकार केन्द्रित गर्ने र समुदाय तथा सामाजिक संघसंस्थालाई हतोत्साही गर्नुको मूल तात्पर्य भने निर्माणको सबै काम ठेक्कामा गराएर कमिसन खाने बन्दोबस्त मिलाउनु नै हो । नत्र, शिक्षा मन्त्रालयले पेस गरेको कार्यविधि अध्ययन गरेर सहमति दिनैका लागि प्राधिकरणलाई यति धेरै अवधि लाग्ने थिएन । अब पनि सरकारले प्राधिकरणलगायत कर्मचारीहरूको नियत बुझेर नियम परिवर्तन गरेर पनि सहजीकरण गर्न खोजेन भने सार्वजनिक पुनःनिर्माण आउने दस वर्षमा पनि सकिनेछैन । सरकार यसरी बाधक नै रहिरह्यो भने जनता सबै सरकारी विधि र निषेधको बन्धन भत्काउन अगाडि सर्नेछन् । नेपाललाई हाइटीको अर्को संस्करण बन्न दिनु हुँदैन । 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २६, २०७३  २०:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC