site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

हेटौँडा, रासस । प्रदेश नं ३ को मन्त्रिपरिषद्ले आफ्नो नीति तथा कार्यक्रम आज प्रदेशसभामा पेश गरेको छ । 

प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । निती तथा कार्यक्रममा संविधानसभाले सर्वाधिक लोकतान्त्रिक विधिबाट २०७२ असोज ३ गते जारी गरेको प्रगतिशील र लोकतान्त्रिक संविधनले सबैखाले राजनीतिक संक्रमणको अन्त्य गरी जननिर्वाचित प्रतिनिधिहरुको अगुवाइमा विकास, स्थिरता र समृद्धिको मार्ग खुल्ला गरेको उल्लेख छ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेश प्रमुख कोइरालाले देश स्थायित्व, समृद्धि, तीव्र विकास र आपसी एकताको वृद्धिको चरणमा प्रवेश गरेको र अब समतामूलक, समाजवादउन्मुख, पूर्ण लोकतान्त्रिक दिशामा अगाडि बढ्ने विश्वास व्यक्त गरिन् । 
उनले यस प्रदेशमा सुरुङमार्गमार्फत छोटो दूरीको पहुँच र एक जिल्ला एक विशिष्टीकरण उत्पादन, प्राविधिक शिक्षाको स्थापना र विस्तार, नयाँ शहरहरुको अध्ययन, निर्माण र विस्तार, जोखिममा रहेका बस्तीको स्थानान्तरण, वैज्ञानिक भू–उपयोग नीतिअनुसार भूमिको व्यवस्थापन गर्ने कार्यक्रमलाई सरकारले दृढतासाथ कार्यान्वयन गर्ने, प्रदेशभित्र व्यापक रुपमा रोजगारीको अवसर सिर्जना गर्ने र उद्यमशीलता विकास गर्ने लक्ष्य राखेको बताइन् । 
प्रदेश नं ३ को नीति र कार्यक्रममा सडक यातायात, सञ्चार, ऊर्जा विकास र विस्तार, कृषि, पर्यटन, सेवा क्षेत्रको आधुनिकीकरण, गुणस्तरीय र सर्वसुलभ शिक्षा र स्वास्थ्य, स्वच्छ खानेपानी, उद्योग र व्यापारको समुचित विकासलगायत दिगो विकास लक्ष्य ताकिएका छन् । 

प्रदेश नं ३ का मुख्य मन्त्री डोरमणि पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा टेबल गरेका थिए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०७५  १६:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC