बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
एमालेका प्रदेश संगठन कमिटीले पूर्णता पाए
KNP nepal
KNP nepal
बाह्रखरी - आइतबार, भदौ २६, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौं । नेकपा एमालेले आइतबार प्रदेश संगठन कमिटीहरुलाई पूर्णता दिएको छ । पार्टी केन्द्रीय  कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटीकोे बैठकले सातवटै प्रदेशका कमिटीलाई पूर्णता दिएको एमालेले जनाएको छ । 
एमालेले प्रदेश नम्बर १ मा भीम आचार्य संयोजक तथा शेरधन राई सहसंयोजक रहेको १ सय १, प्रदेश नम्बर २ मा सत्यनारायण मण्डल संयोजक र नागेन्द्र चौधरी सहसंयोजक रहेको ८१, प्रदेश नम्बर ३ मा अष्टलक्ष्मी शाक्य संयोजक र काशीनाथ अधिकारी सहसंयोजक रहेको १ सय ११, प्रदेश नम्बर ४ मा किरण गुरुङ संयोजक र गणेश तिमिल्सेना सहसंयोजक रहेको ५९, प्रदेश नम्बर ५ मा विष्णुप्रसाद पौडेल संयोजक र दलबहादुर राना सहसंयोजक रहेको ८०, प्रदेश नम्बर ६ मा युवराज ज्ञवाली संयोजक र यामलाल कँडेल सहसंयोजक रहेको ५२ र प्रदेश नम्बर ७ मा भीमबहादुर रावल संयोजक र कर्णबहादुर थापा सहसंयोजक रहेको ५८ सदस्यीय प्रदेश संगठन कमिटी गठन गरेको छ ।
यसैगरी बैठकले विभिन्न पार्टीबाट नेकपा (एमाले) मा प्रवेश गरेका मध्ये गोविन्दविक्रम शाह, रमेश श्रेष्ठ र मोती दुगडलाई केन्द्रीय सल्लाहकार परिषद्को सदस्यमा मनोनित गरेको छ । 
 
Nepal Investment bank
Nepal Investment bank
आइतबार, भदौ २६, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्