बाह्रखरी
भर्खरै
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
द्वन्द्वमा मृत्यु भएका सुरक्षाकर्मीलाई सहिद घोषणा गर्न माग
KNP nepal
KNP nepal
बाह्रखरी - आइतबार, भदौ २६, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौं । १० वर्षे द्वन्द्वका क्रममा पीडित सुरक्षाकर्मीका प्रतिनिधिले आफ्ना समस्या सत्य निरुपण तथा मेलमिलाप आयोगको दायराभित्र समावेश गर्न र मृतक सुरक्षाकर्मीलाई सहिद घोषणा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन् । 
आइतबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीमा रहेका द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संघले सत्य निरुपण तथा मेलमिलाप आयोगको दायराभित्र आफ्ना समस्या ममावेश गर्न ध्यानाकर्षण गरेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । यसैगरी संघले पीडित सुरक्षाकर्मी र परिवारलाई पीडितको पहिचानसहितको  सुविधाको व्यवस्था गर्न तथा पीडित सुरक्षाकर्मीलाई आजिवन पेन्सनको व्यवस्था गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको सचिवालयले जनायो । 
भेटमा प्रधानमन्त्रीले द्वन्द्वपीडित सुरक्षाकर्मीका मागलाई हेरेर सरकारले आवश्यक निर्णय गर्ने बताएका थिए । प्रधानमन्त्रीले भने, “तपाईंहरुले आफ्ना समस्या र मागबारे अवगत गराउनु भयो । म बुझेर आवश्यक निर्णय गराउनेछु ।”
 
Nepal Investment bank
Nepal Investment bank
आइतबार, भदौ २६, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्