site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीले भने– भारत भ्रमणमा नयाँ सन्धी/सम्झौता हुँदैन, महाकाली सन्धीका बारेमा कुरा हुन्छ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्नो भारत भ्रमणका कार्यक्रमबारे संसदीय समितिलाई जानकारी गराएका छन् । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा आइतबार बिहान प्रधामन्त्री दाहालले आफ्नो भ्रमणको एजेण्डाबारेमा जानकारी गराएका हुन् ।
उनका कार्यक्रममा ३० गते भारत प्रस्थान गर्ने, सोही दिन भारतस्थित नेपाली दूतावासको रिसेप्सनमा सहभागी हुने, दूतावासमै नेपाली प्रतिनिधिमण्डल लगायत केही उच्च भेटवार्ता गर्ने, ३१ गते भारतीय राष्ट्रपति, प्रधानमन्त्रीलगायतसँग उच्च भेटवार्ता गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्री दाहालले जानकारी दिए ।
उनका अनुसार सबै महत्वपूर्ण भेटवार्ता ३१ गते नै सकिनेछन् । उनले एक गते हिमाञ्चल प्रदेशमा रहेको एउटा हाइड्रोपावरको अनुगमनमा निस्कनेछन् ।
प्रधानमन्त्री दाहालले दुई गते पतञ्जली योगपीठको अवलोकन गर्ने कार्यक्रम छ । उनी सोही दिन नै नेपाल फर्किने कार्यक्रम छ । “असोज तीन गते संविधान दिवस मनाउन म नेपाल आइपुग्छु,” प्रधानमन्त्रीले संसदीय समितिमा भने ।
उनले आफ्नो भ्रमणका बेला कुनै पनि सन्धीसम्झौता नहुने स्पष्ट पारे । उनले पुरानै कार्यक्रमलाई निरन्तरता दिने बताउँदै भने–“पुनःनिर्माणको आर्थिक स्रोत बढाउने, हुलाकी राजमार्ग, महाकाली सन्धीका बारेमा कुराकानी हुन्छ । महाकालीमा  प्राकृतिक स्रोतका बारेमा दुवै देशलाई ‘विन–विन’ हुनेगरी कुराकानी गर्छु ।”
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २६, २०७३  ११:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC