site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
फाइभ–जी नेटवर्कमा चीनले अमेरिकालाई पनि उछिन्यो 
Sarbottam CementSarbottam Cement

एजेन्सी । फोर–जी पछि सबैभन्दा पहिले फाइभ–जी नेटवर्क निर्माण गर्ने विश्वव्यापी प्रतिस्पर्धामा यसअघि अमेरिकाको नाम लिइएको भएपनि अहिले भने अमेरिकालाई पछि पार्दै चीन अघि बढिसकेको सीएनएनले जनाएको छ । 

सञ्चार सम्बन्धी अनुसन्धान गर्ने फर्महरुले सुरु गरेको सर्वेक्षणमा यसबारे जानकारी दिइएको समाचारमा जनाइएको छ ।

आउँदो युगको सर्वाधिक छिटो वायरलेस प्रविधि, फाइभ–जी लन्च गर्नलाई सबैभन्दा तयार अवस्थामा अहिले चीन रहेको बताइएको छ । त्यसैगरी यसमा दक्षिण कोरिया दोस्रो स्थानमा र त्यसपछि मात्र अमेरिकाले पहिले लन्च गर्न सक्ने सम्भावना रहेको बताइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

विश्वभरका प्राविधिक विज्ञहरु आउँदो फाइभ–जी टेक्नोलोजिका लागि धेरै उत्साहित रहँदै आएका छन् । यो टेक्नोलोजीको निर्माण सम्पन्न भएपछि आफैँ चल्न सक्ने अटोमेटिक गाडी, भर्चुअल रियालिटी र स्मार्ट सिटी जस्ता क्षेत्रमा तीव्र विकास हुने बताइन्छ जसले विश्वलाई आधुनिकताको नयाँ युगमा प्रवेश गराउनेछ । त्यसैले पनि यसलाई सर्वप्रथम निर्माण गर्ने कम्पनीलाई विश्वव्यापी लगानी र अन्य थुप्रै लाभकारी पक्ष प्राप्त हुने भएकाले ठुल्ठुला मुलुकहरुबीच धेरै प्रतिस्पर्धा भइरहेको पाइन्छ । 
यसअघि अमेरिकी वायरलेस प्रविधिको उद्योगले फाइभ–जी निर्माणका लागि दुई खर्ब भन्दा बढी लगानी गर्ने तयारी गरिरहेको र यसपटक चीनलाई हराउने लक्ष्यसाथ अघि बढ्ने बताएको थियो । 

यसले मुलुकभरमा तीस लाख भन्दा बढी रोजगारीको अवसर सिर्जना गराउने र देशमा आर्थिक सम्पन्नता कायम राख्ने अपेक्षा गरिएको छ । 

Global Ime bank

तर अहिले चीनको तयारी अमेरिका भन्दा धेरै अघि बढिरहेकाले, अमेरिका फेरि पनि पछि पर्ने सम्भावना रहेको बताइएको छ । चीनले आगामी २०२० सम्ममा फाइभ–जी निर्माण गरिसक्ने योजना बनाएको छ र सरकारको तर्फबाट समेत पूर्ण सहयोग पाउने निश्चित भएकाले छिटै काम सुरु गर्न सहज भएको बताइएको छ । 

चीनमा औद्योगिक क्षेत्र र सरकारका बीच राम्रो सहकारिता भएकाले पनि रिसर्चको काममा कुनै अवरोध नभएको बताइन्छ ।

अर्कोतर्फ दक्षिण कोरियाले यस वर्षको शीतकालिन ओलम्पिकमा नै प्रविधिको धेरै प्रचार गरिसकेकाले लगानीकर्ताको कमी नहुन हुँदा रिसर्चसँग सम्बन्धी काम थाल्न धेरै समय नलाग्ने बताइएको छ । 
उता अमेरिकी कम्पनीहरुले भने यसवर्षको अन्त्यदेखि मात्र काम सुरु गर्ने बताएका छन् ।  यसको निर्माणमा फ्रिक्वेन्सी जस्ता विभिन्न प्राविधिक पक्षमा सरकारको सहयोग पनि उत्तिकै आवश्यक पर्ने भएकाले नै अमेरिका पछि पर्न सक्ने सम्भावना रहेको बताइन्छ । 

पछिल्लो महिना मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षाको जोखिमलाई मध्य नजर राख्दै ब्रोडकमको १ खर्ब भन्दा बढी लगानी योजना रद्द गराएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०७५  ०५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC