site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमति पत्र बनाइदिने भन्दै घुस रकम लिनेविरुद्ध आरोप पत्र दायर गरेको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङमा कार्यरत प्रहरी जवान मोतिकुमार श्रेष्ठले चालक अनुमतिपत्र बनाइदिने प्रयोजनका लागि रु ७० हजार घुस लिएको अवस्थामा आयोगले निजलाई नियन्त्रणमा लिएको जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

आयोगको टोलीले प्रहरी जवान श्रेष्ठलाई घुससहित र सोही विषयसँग सम्बन्धित बाग्लुङका मुस्तकिम मियाँ र सलामद्दिन मियाँलाई समेत नियन्त्रणमा लिई अनुसन्धान गर्दा उनीहरुले कसुर गरेको ठहरिएको जनाएको छ । 

आयोगले उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम जरिवाना र कैद सजाय माग दाबी गरी आज विशेष अदालतमा आरोपपत्र दायर गरेको आयोगका सहसचिव एवं प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०७५  १९:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC