site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
के हो पछिल्लो फेसबुक कान्ड ? ‘फेक न्युज’ देखि डाटा  चोरीसम्म
Ghorahi CementGhorahi Cement

एजेन्सी । डाटा चोरीको मुद्दामा योसाता अमेरिकी सांसदबाट आक्रामक प्रतिक्रिया पाएका फेसबुकका कार्यकारी अधिकृत मार्क जुकरवर्गले फेसबुक निर्माणका क्रममा पनि यति धेरै चुनौतिको सामना गरेका थिएनन् होला जति अहिले फेसबुकलाई बचाउनमा लागि परेका छन् ।

तर एक्लैले सम्पूर्ण गल्तीको जिम्मा लिए पनि जुकरवर्गले शिर उठाएरै सिनेटहरुसँग सवालजवाफ गरेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

अहिले धेरैले उनको आत्मविश्वास देखेरै फेसबुकको संकट अन्त्य गर्नका लागि केबल उनी मात्र क्षमतावान रहेको अभिव्यक्ति दिईरहेका छन् ।

Agni Group

वास्तवमा फेसबुक संकटको सुरुवात कहाँबाट र कसरी भयो त ? एकातर्फ फेसबुक विश्वका करोडौँ मानिसका लागि बरदान साबित भएको छ भने अर्कोतर्फ विभिन्न क्षेत्रमा यसले पुर्याइरहेको नकारात्मक असरलाई पनि नजरअन्दाज गर्न सकिँदैन ।

१. ‘फेक न्युज’ को व्यापकता

Global Ime bank

३३ वर्षकै उमेरमा विश्वका सर्वाधिक धनीको उपाधि पाइसकेका जुकरवर्गको कठिनाइको सुरुवात वास्तवमा ‘फेक न्युज’ बाट भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वप्रथम प्रचलनमा ल्याएको शब्द ‘फेक न्युज’ अर्थात गलत समाचारको प्रचारमा पनि फेसबुको नाम सबैभन्दा अगाडि आएको थियो । फेसबुकको लोकप्रियताले मानिसहरुमा अनलाइन मिडियाको पहुँच पनि उत्तिकै बढाइदिँदा त्यसले साना लगानीकर्ताहरुलाई समेत मनग्य आम्दानी गर्न सक्ने बाटो खुलाइदियो । त्यसैले फेसबुकको सहायताले पैसा कमाउने होडमा थुप्रै अनलाइन कम्पनीहरुले भ्युअर बढाउनकै लागि व्यापक रुपमा भड्किलो र गलत सूचनाको प्रचार गर्न थालेको भेटियो । यस्तोमा फेसबुक प्रयोगकर्तालाई पनि गलत र सही समाचारको पहिचान गर्न कठिन हुन थालेपछि धेरैले गलत सूचनाकै भरमा महत्वपूर्ण निर्णय लिए ।

विशेषगरी देशको राजनीति र चुनाव प्रक्रियामा यसको बढी प्रभाव देखिन थाल्यो । फेसबुकले नै अनलाइन मिडियालाई सबैभन्दा ठूलो स्थान दिएकाले यसमा फेसबुकको नाम सबैभन्दा पहिला मुछिएको बताइन्छ । तर फेसबुकलाई पनि आफ्नो दुरुपयोग भइरहेकामा उत्तिकै चिन्ता थियो । त्यसकारण यो समस्याले ठूलो रुप नलियोस् भनेरै फेसबुकले आफन्त लगायत साथीभाइले शेयर गरेका पोस्ट अगाडि आउने र मिडिया तथा व्यावसायिक कम्पनीहरुका सामग्री कम देखाइने घोषणा गर्यो । जुकरवर्ग आफैँले फेसबुक आफन्त र परिवारबीच दुरी कम गराउने एप भएकाले घाटा व्यहोर्नु परेपनि आफ्नो लक्ष्यबाट पछि नहट्ने बताए । केही समयसम्म न्युजफिडमा यो लागु पनि गरिएको थियो तर यतिले मात्र समस्याको समाधान हुन सकेन ।

२. रोहिङ्गा मुसलमानमाथिको हिंसा

यसपछि गतवर्ष म्यानमारमा भएको रोहिंगा मुसलमानमाथिको हिंसामा समेत फेसबुकको धेरै ठूलो हात रहेको खबर बाहिर आयो ।

विद्रोही भावना भएका प्रयोगकर्ताले जनतालाई भड्काउनकै लागि फेसबुकमार्फत घृणात्मक सन्देशहरुको व्यापक प्रचार गरे । विशेषगरी म्यानमारका मानिसहरुलाई लक्षित गरि देशभक्तिको नाममा थुप्रै भड्काउ र नकारात्मक सन्देशहरु फैलाउन सुरु गरिएको थियो ।

यसैकारणले थोरै जनसङ्ख्या भएका रोहिङ्गा मुसल्मानमाथिको हिंसा र अपहेलना देशभित्रै बढ्न थालेको बताइन्छ । यसरी यहाँ पनि फेसबुकको दुरुपयोग भएको पाइयो जसबारे बुधबार सांसदसँगको बैठकमा जुकरवर्गले आफैँ पनि कुरा उठाएका थिए । बैठकमा उपस्थित सिनेटहरुकै सामु जुकरवर्गले फेसबुकमा अब घृणात्मक सन्देश देखा नपर्ने वचन दिइसकेका छन् । फेसबुकले आफैँ कमेन्ट र पोस्टहरुको निरीक्षण गरी गलत भावना फैलाउने खालका सामग्री अटोमेटिक हटाइदिने प्रणाली सुरु गरिसकेको उनले बताएका हुन् ।

३. आपराधिक गतिविधि

फेसबुकको लोकप्रियता बढेसँगै प्रचारका नाममा हिंस्रक र आपराधिक घटनाहरु पनि उत्तिकै बढ्न थालेको पाइएको हो । फेक अकाउन्ट बनाएर मानिसका नाम, तस्बिर लगायत जानकारीहरुको दुरुपयोगदेखि रमाइलोकै लागि आपराधिक गतिविधिमा संलग्न हुन थालेको पनि अनुगमनका क्रममा पत्ता लागेको थियो ।

विशेषगरी फेसबुकप्रति युवाहरुको मोह बढेसँगै अनुचित क्रियाकलाप पनि वृद्धि हुँदै गइरहेको बताइन्छ । अझ पछिल्लो समय फेसबुकले लाइभ सेवा ल्याएपछि त ध्यानाकर्षणकै लागि मानिसहरुले लाइभ आएर खुलेआम हत्या र हिंसा मच्चाएको धेरै खबरहरु बाहिर आउन थाले ।

यसपछि फेसबुक फेरि नयाँ विवादको शिकार बन्यो । यो समस्या अन्त्य गर्न फेसबुकले आफ्नो तर्फबाट नयाँ नीति लागु गराउने तय गर्यो । यस अन्तर्गत लाइभमा अपराधिक घटनाको संकेत देखिनासाथ फेसबुकले सो भिडियो नजिकैको सुरक्षा निकायमा पठाइदिने गरेको बताएको छ ।

त्यसैगरी फेक प्रोफाइल पत्ता लगाउन पनि फेसबुकले सुरक्षा नीतिमा नयाँ नियम थप गर्दै प्रयोगकर्तालाई आफ्नो वास्तविक तस्बिर हाल्न बाध्य बनाउने गरेको छ । जसपछि फेसबुकले सो तस्बिरको अनुगमन गरि असली प्रयोगकर्तालाई फेक अकाउन्टबारे खबर गर्न सुरु गरेको हो । फेसबुकको यो तरिका भने धेरै प्रभावकारी साबित भएको बताइन्छ ।

डाटा चोरी प्रकरण र गोपनियता

तर पनि फेसबुकको चुनौति अझै अन्त्य हुने संकेत देखिएन किनकी पछिल्ला केही महिनाहरुमा फेसबुकमार्फत डाटा चोरिएको खबर सार्वजनिक भएपछि कार्यकारी अधिकृत पहिलोपटक सांसदहरुसामु उपस्थित हुन बाध्य भए । यहाँसम्मकी फेसबुक बन्द हुन सक्ने हल्ला पनि प्रशस्तै सुनिन थाल्यो । वास्तवमा फेसबुकमार्फत अवैध रुपमा हासिल गरिएका प्रयोगकर्ताका गोप्य जानकारीहरु २०१६ मा भएको अमेरिकी राष्ट्रपति चुनाव र बेलायत बर्हिगमनमा प्रयोग भएको पत्ता लागेपछि फेसबुकले पछिल्लो ४ वर्ष यताकै सबैभन्दा कठिन दिनको सामना गर्नुपरेको हो ।

यसरी एक प्राविधिक विज्ञले निर्माण गरेको एपले फेसबुकमार्फत पाँच करोड अमेरिकी जनताको व्यक्तिगत जानकारी उनीहरुलाई थाहै नदिइ हासिल गरि क्याम्ब्रिज एनालिटिकालाई बेचेको खबर फेसबुक आफैँले समेत स्वीकार गरेपछि घटना झन गम्भीर बन्न पुगेको हो ।

उक्त एपमा त्यससमय २ लाख प्रयोगकर्ता सक्रिय थिए तर उनीहरुको फ्रेन्ड लिस्टको मद्दतले अन्य ५ करोड अमेरिकी प्रयोगकर्ताको जानकारीसमेत संकलित गरी क्याम्ब्रिज एनालिटिकालाई बेचिएको पत्ता लाग्यो । यसरी खरिद गरिएका गोप्य जानकारीलाई एनालिटिकाले मानिसहरुको मनोवैज्ञानिक अध्ययन गर्न प्रयोग गरी चुनावमा मद्दत पुर्याउन सक्ने व्यक्तिहरुको छनोट गरेर ट्रम्पको समर्थनका लागि प्रोत्साहन गर्न विभिन्न सामग्री पठाउँदै गयो । यसरी फेसबुकमार्फत जानकारीहरु चोरिँदा त्यसको धेरै तरिकाले दुरुपयोग भएको भेटियो । फेसबुकको नियममा पनि त्यस्ता जानकारीहरु शेयर गर्न नपाइने हुँदा पहिले नै सावधानी अपनाउनमा फेसबुकको गल्ती रहेको अहिले जुकरवर्गले आफैँ पनि स्वीकार गरिसकेका छन् ।

त्यस्तै अर्कोतर्फ यसबाट प्रभावित प्रयोगकर्तालाई भने आफ्ना गोप्य जानकारी लिइएको कुनै खबर नहुँदा त्यसले व्यक्तिगत सुरक्षा र गोपनियताको अधिकारमा समेत असर पुर्याएको छ । उता फेसबुकले भने यसरी नियम उल्लंघन भएको थाहा पाउनासाथै कम्पनीलाई सबै जानकारी डिलिट गर्न लगाएको दाबी गर्दै आएको छ ।

यस प्रकरणमा करोडौँ मानिसहरु प्रभावित भएको खुलासा भएपछि जुकरवर्ग आफैँ कानुनी प्रक्रियामा अघि बढ्नुपरेको हो । यो साता भएका दुवै बैठकमा सांसदहरुले उल्लेखित सबै समस्याको विषयमा कुरा उठाउँदै जुकरवर्गसँग स्पष्टीकरण मागेका थिए । उनले पनि सहजै आफ्ना सबै गल्ती स्वीकार गरि आगामी दिनहरुमा यस्तो घटना फेरि नदोहोर्याउन फेसबुकमा आवश्यक सुधार गर्नतर्फ गम्भीर भएर लाग्ने प्रतिबद्धता जनाइसकेका छन् । त्यसकारण अब फेसबुकको भविष्य जुकरवर्गकै हातमा रहेको बताइन्छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २, २०७५  ०५:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC