site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

हेटौंडा (रासस) । प्रदेश नं ३ सरकारले प्रदेशसभा सदस्यको मर्यादाक्रमको टुङ्गो लगाएको छ । 

आज बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रतिनिधसभा, राष्ट्रियसभापछि मर्यादाक्रममा प्रदेशसभा रहने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेशसभा सदस्यको मर्यादाक्रमका विषयमा प्रदेशसभा सदस्यले संसद्मा प्रस्तावित विधेयकमा सहमति नजुटाएको अवस्थामा मन्त्रिपरिषद्को बैठकले यसको टुंगो लगाएको हो । 

त्यस्तै बैठकले प्रदेशसभा सचिवको योग्यता, काम कर्तव्य अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७४ को मस्यौदा विधेयक स्वीकृत गरेको छ । बैठकले सवारी साधन खरिद सम्बन्धमा मापदण्ड निर्धारण, २०७४ र सञ्चित कोष कार्यविधि स्वीकृत गरेको छ । 

Global Ime bank

यसैगरी आकस्मिक कोष, २०७४ मस्यौदा गर्न अवधारणा पत्र स्वीकृत गरेको सरकारका प्रवक्ता ढुंगेलले जानकारी दिनुभयो । 

बैठकले विनियोजित ऐन, २०७४ सम्बन्धी विधेयकको मस्यौदा गर्न सोसम्बन्धी अवधारणा पत्र र प्रादेशिक दुग्ध विकास बोर्ड ऐन, २०७४ स्वीकृत गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०७४  ०७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC