site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
केबलकारको तार बेरिएर रातभरी फसेका ४५ यात्रुको सकुशल उद्धार
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
फ्रान्स । फ्रान्समा केबलकारको यात्रा गर्ने क्रममा १२ हजार फिट माथि उचाईमा फसेका एक १० बर्षिय बालकसहित ४५ जना यात्रुहरुको शुक्रबार विहान सकुशल उद्धार भएको छ । 
केबलकारमा फसेका ४५ जनाको रात परेपछि उद्दार कार्य रोकिएकाले उद्दार हुन सकेको थिएन ।  उनीहरुले एकरात केवलकारमा बिताउन परेको थियो । अन्य ६५ जनाको भने बिहीबार नै हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो । 
केबलकारको तार बेरिएर अल्झिएपछि आल्प्स पहाडमा ११० जना यात्रु केबलकारमा अलपत्र परेका थिए ।  तीब्र गतिमा चलेको हावाका कारण केबलकारको तार आपसमा बेरिएकाले केबलकार बिचमै रोकिएको थियो । फ्रान्सको आन्तरिक मामिला मन्त्रालयले भनेको छ, “अल्प पर्वतको तीव्र हावाका कारण केबलकारको तार एक आपसमा अल्झिँदा केबलकार रोकियो, हामीले तत्काल उद्धार कार्य सुरु गर्यौं, तर कठिन मौसमका कारण १ सय १० यात्रुमध्ये ४५ जना यात्रुको भने उद्धार गर्न सकेनौं त्यसकारण उनीहरु रातभर केबलकारमा रात बिताउन बाध्य भए ।”  ६५ यात्रुको भने हेलिकप्टरको प्रयोग गरी उद्धार गरिएको जनाएका छन् । उद्धारकार्यमा इटाली, फ्रान्स र स्विजरल्याण्डका उद्धारकर्मी लागि परेका थिए ।
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७३  १९:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC