site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आदेश हैन विवेकले सञ्चालित हुन प्रेरित गर्थे बीपी
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
विपुल पाेख्रेल । 
‘विसं २००७ सालमा म सान्दाजूसँगै काठमाडौं आएँ । सान्दाजु सधै नयाँ काम गर्न रुचाउनुहुन्थ्यो । प्रजातन्त्रका विशेष अनुयायी उहाँले मलाई काठमाडौं आएपछि तिमीलाई जे गर्न मन लाग्छ, त्यसको लागि मसँग अनुमति माग्नुपर्दैन गर भन्नुभएको थियो । यो गर, त्यो नगर, भन्ने उहाँको बानी छँदै थिएन । मैले त्यही मौका छोपेर स्कुल खोल्छु भने । उहाँले कुनै प्रश्न पनि गर्नुभएन, नाइनास्ती पनि गर्नुभएन । स्कूल त खुल्ने भयो तर त्यसको लागि पैसा आवश्यक भयो र मैले पैसा उहाँबाटै लिएँ । त्यसैताका उहाँ गृहमन्त्री पनि हुनुभयो । मैले पनि डान्सको स्कुल खोले ।’
बीपी कोइरालाकी श्रीमती सुशीला कोइराला (सुशीला भाउजु¬) को यो भनाइमा बीपी कोइरालाको एउटा स्वभाव छर्लङ्ग भएको छ । उहाँको त्यो उदात्त स्वभाव जीवन पर्यन्त रह्यो । बीपी कसैलाई यसो गर भनेर निर्देशन दिनुको साँटो विवेक प्रयोग गर्न प्रोत्साहन गर्थे । देश र जनतालाई केन्द्रमा राखेर हरेक निर्णय गर्न सबै व्यक्ति स्वतन्त्र छन् भन्ने उनको मान्यता आजीवन रह्यो । काठमाडौको टुँडीखेलमा भएको आफ्नो अन्तिम सम्बोधनमा उनले भने –तिमीलाई कर्तव्य अकर्तव्यमा द्विविधा भयो भने, आपूmले टेकेको एक मुठी माटो हातमा लिएर सोध, गरिब बिपन्न, खान नपाएका, लाउन नपाएका नेपाली दाजुभाइको अनुहार सम्झ अनि निर्णय लिऊ । 
व्यक्तिको विवेकभन्दा ठूलो केही छैन भन्ने मान्यताका बलिया पक्षपाति थिए उनी । आफ्नो राजनीतिक जीवनकालका हरेक मोडमा उनी व्यक्तिको निर्णयाधिकारलाई सर्वोच्च स्थान दिन्थे र स्वतन्त्र निर्णय गर्ने परिवेश निर्माण गर्थे । जनमत संग्रहको घोषणालाई विनासर्त स्वीकार्नु, त्यसको परिणामलाई पनि तत्काल स्वीकार्नुका पछाडि पनि उनको यही मान्यताले काम गरेको छ । 
बीपी कोइरालालाई नेपाली जनताले अत्यन्त श्रद्धा गरेर ‘महामानव’ भन्ने गर्छन् । उनी जीवित छँदै उनले यो विशेषण सुनेका थिए । उनका नाममा जिन्दावादका नारा त स्वाभाविकरूपमै लाग्ने भए । उनको एउटा पर्चा वा मौखिक आह्वानका भरमा देश चलायमान हुन्थ्यो । उनको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको आदर्श धेरैका लागि समाज रूपान्तरणको महत्वपूर्ण दार्शनिक सूत्रका रूपमा स्वीकार्य छ । उनले आफैँले विचार र सिद्धान्तको प्रतिपादन गरे, अनि त्यसको कार्यान्वयका लागि आवश्यक वातावरण बनाउन (प्रजातान्त्रिक परिपाटी बसाउ¬न) आफँैले नेतृत्व पनि दिए । यस्तो चमत्कारी व्यक्तित्व भएका व्यक्ति समाजमा कमै हुने गर्छन् । यति हुँदाहँुदै पनि उनले कसैलाई ‘यसो गरेमात्र मुलुकको कल्याण हुन्छ, यही गर’ भनेर आदेश दिएनन् । उनले आफ्नै पार्टीका कार्यकर्तालाई पनि त्यस्तो आदेश दिएनन् । बरु उनले भने, ‘हामी कुनै पदमा पुगाँैला मन्त्री प्रधानमन्त्री बनौला भनेर राजनीतिमा आएका होइनौ, हामी त सबै नेपालीले दुई छाक खान पाउन्, औषधीमुलो गर्न पाउन्, पढ्न पाउन्, उनीहरुको अनुहारमा सधै हाँसो छाओस् भनेर राजनीति गरेका हाँै, हामीले यो उद्देश्य प्राप्तिका लागि के गर्न सक्यौँ ? त्यसैले नै हाम्रो सफलताको मापन हुने हो ।’ उनी उद्देश्यमा प्रष्ट हुन सबैलाई प्रेरित गर्थे । उद्देश्य प्राप्तिका लागि के गर्ने भन्नेमा विवेक प्रयोग गर्न स्वतन्त्र छाडिदिन्थे । 
‘सत्य बहुआयामिक हुन्छ’ बीपी काइरालाको अर्को विशेष र बुझ्नैपर्ने धारणा हो यो । उनी कोही एक जनाले भनेको वा सोचेकोमात्र सत्य हुन सक्दैन भन्ने ठान्थे । त्यही कारण उनले आफ्नो जीवनको उत्तरार्धमा एक मुठी माटो समातेर गरिब दाजुभाइको अनुहार हेरेर निर्णय लिन सबैलाई आह्वान गरे । यसो गर उसो गर भनेर आफ्नो कुरामा निर्देशित गर्न चाहेनन् । 
राजनीति गतिशील हुन्छ । यसलाई प्रभावित गर्ने तत्व धेरै हुन्छन् । त्यस्ता तत्वको आकार, प्रकार र प्रभाव पनि समयानुकूल हुनेगर्छ । त्यसकारण राजनीतिक निर्णय पनि समयसापेक्ष हुनेगर्छ । समयसापेक्ष हुने निर्णयलाई कसैले पनि निर्देशित गर्न सक्दैन । तर, ती निर्णय आफ्नो लक्ष्य भेद गर्न सहयोगी हुनुपर्छ भन्नेमा भने दृढ अडान लिनुपर्छ । बीपी यस्तै अडानका साथ प्रस्तुत हुन्थे । किनभने उनको लक्ष्य प्रष्ट थियो । तर, आज पनि बीपीको त्यो लक्ष्य पूरा हुनसकेको छैन । नेपाली उत्पादन बढेको छैन, नेपालीले प्रयोग गर्न सक्ने प्रविधिको विकास भएको छैन । कच्चापदार्थसमेत आफँैसँग भएका उद्योग स्थापना हुनसकेका छैनन्, नेपाली श्रमलाई नेपालले अधिकतम सदुपयोग गर्न सकिरहेको छैन, विदेशी सहयोगका नाममा नेपाली हातलाई निष्क्रिय बनाउने काम बढ्दै छ, गरिब र धनीबीचको खाडल कम भएको छैन, विकासको परिभाषा ठूलो ठूलो बाटो र भवन बनाउनेमा सीमित भइरहेको छ । यो अहिलेको नेपाली समाजको चित्रण हो । बीपी यही स्वरूपमा परिवर्तन चाहन्थे । त्यसका लागि उनको स्पष्ट लक्ष्य थियो र त्यो लक्ष्य भेद गर्न ‘प्रजातान्त्रिक समाजवाद’को कार्यक्रम थियो । उनी आफ्नो कार्यक्रममा कति विश्वस्त थिए भने उनले प्रधानमन्त्री छँदै भनेका थिए – मैले १५ वर्ष (देशको) नेतृत्व गर्न पाएँ भने हरेक नेपालीको आर्थिक स्तर मेरो परिवारको सरह बनाउने छु । तर, परिस्थिति उनको अनुकूल भएन । उनी परिस्थितिलाई आफ्नो अनुकूल बनाउन लागिरहे । उनको जीवनमा यो संभव भएन । संभव नहुने देखेपछि उनले आफ्नो लक्ष्य पूरा गर्ने जिम्मा सहकर्मीलाई लगाए तर भने – ‘निर्णय आफँै लिऊ ।’ आपूmले लिएको निर्णय कार्यान्वयन गर्न जति सहज हुन्छ त्यति अरूको निर्णय कार्यान्वयन गर्दा हुँदैन ।
दर्शन, कार्यक्रम र कार्यान्वयनका लागि आवश्यक परिस्थिति निर्माण राजनीतिक यात्राका तीन घुम्ती हुन् । यी तीन घुम्ती पार गर्ने विषय नेतृत्व कौशलसँग जोडिन्छ । दर्शन पनि छ, कार्यक्रम पनि छ र कार्यान्वयनका लागि आवश्यक परिस्थिति (लोकतान्त्रीक परिपाटी) पनि छ तर नेतृत्वले कौशल देखाउन सकेन भने सफलता सम्भव हुँदैन । कार्यान्वयन गर्ने नेतृत्व कुशल हुनुपर्छ । त्यसका लागि समयानुकूल विवेकपूर्ण निर्णय गर्न स्वतन्त्र र सक्षम दुवै हुनुपर्छ । बीपीको यो सन्देश वा चाहना नयाँ पुस्ताले ग्रहण गर्न सकेको दिनमा प्रजातान्त्रिक समाजवादको लक्ष्यभेद संभव हुने विश्वास गर्न सकिन्छ । कार्यकर्तालाई विवेक प्रयोग गर्न स्वतन्त्र छाडिदिने, लक्ष्य के हो भनेर स्पष्टरूपमा बताइदिन सक्ने र लक्ष्यभेद गर्न नैतिक मूल्यलाई कुनै पनि हालतमा भुल्न हुँदैन भनेर प्रेरित गर्ने बीपीको कौशल राजनीतिक जीवनमा अनुकरणीय छ । राजनीति आदेशले हैन, विवेकले चल्छ भन्ने बीपीको दर्शन र व्यवहार सधैँ प्रेरणादायी रहिरहन्छ । 
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७३  १५:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC