site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पाटा मार्टमा २०१६ मा कला संस्कृति झल्काउने नेपाली स्टल
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
इन्डोनेसिया (जकार्ता) ।  बुधबार औपचारिक उद्घाटन भई बिहीबारबाट सुरु भएको ‘पाटा ट्राभल मार्ट २०१६’ मा राखिएका नेपाली स्टल विदेशीका लागि आकर्षक र सूचनामुलक सावित भएको छ ।
नेपाली स्टल भ्रमण गर्ने अधिकांश विदेशी नागरिकले स्टलको आकर्षणको बारेमा त चर्चा गरे नै, नेपालका गन्तव्यमा भ्रमण गर्न समेत रुची देखाए । स्टलमा सोधपुछका लागि आउने अधिकांश नागरिकले नेपालको चर्चित पर्यटकिय गन्तव्य अन्नपूर्ण क्षेत्रलाई बढी प्रथामिकता दिएको मार्टमा सहभागी पर्यटन व्यवसायी बताउँछन् । 
त्यसैगरी, सोधपूछका लागि आउने नागरिकले भूकम्पपछिको नेपालको अवस्थाको बारेमा समेत चासो राखेको मार्टमा सहभागी पर्यटन व्यवसायी तथा ट्राभल वोल्र्ड एक्स्पीरिएन्सका जेनरल म्यानेजर अपरेटर मिलन बज्राचार्यले जानकारी दिए । 
व्यवयायीका अनुसार धेरैजसो मानिस नेपालको हिमाल, जंगल प्राकृतिक सम्पदा र भूकम्पपछिको नेपालको बारेमा बुझ्ने आउने गरेको मार्टमा सहमागी सिजी होल्डिङ्सका हस्पिटालिटी डिभिजन प्रमुख सुबोध थापाले जानकारी दिए । 
सोधपूर्छलाइ आउने मध्ये कतिपयले जंगल सफारी, कतिपयले पदयात्रा र कतिपय नागरिकले सास्कृतिक सम्पदाको बारेमा बुझ्ने गरको थापाले जानकारी दिए । 
माउण्ट एभरेष्टको नामबाट नेपाल चिन्ने धेरै विदेशीले जाकार्तामा जारी पाटा ट्राभल मार्टमा नेपालबारे चासो राखे । उनीहरुको चासो नेपाल कस्तो छ र यसका विशेषता के हुन् भन्ने भन्दा बढी नेपाल कसरी पुुग्ने भन्नेमा धेरै थियो । मार्टमा सहभागी नेपाल वायुुसेवा निगमका अधिकृत तिलक लामिछानेका अनुुसार नेपाल पुुग्ने सिधा उडानका सम्बन्धमा विदेशीबाट बढी चासो र जिज्ञासा आउने गरेको छ । खासगरी दक्षिण पूर्वी एसियाका नागरिकका लागि नेपालसँग सिधा उडान नभएका कारण मलेसिया, थाइल्याण्ड या हङकङ हुँदै जानुपर्ने बाध्यता रहेको छ । 
पर्यटकहरुका अनुसार नेपालले पर्यटन प्रवद्र्धनका लागि पर्याप्त काम गर्न सकेको छैन । मार्ट सहभागी पर्यटन व्यवसायीहरुका अनुसार धेरैजसो विदेशी नागरिकले नेपाल कसरी जाने, कहाँ जाने भन्नेबारेमा सूचना नै उपलब्ध नभएको गुनासो राखे । नेपालबारे पूरै जानकारी नभएको र नेपाल गइसकेपछि के कगर्ने, कहाँ बस्ने भन्ने सम्बन्धमा पनि पर्याप्त जानकारीको अभाव रहेको गुनासो विदेशी नागरिकको छ । 
(संवाददाता पाटा नेपाल च्याप्टरको सौजन्यमा जकार्तामा छन् )
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७३  ०९:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC