site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
चिनियाँ बसमा नेपालको पर्यटन प्रवर्द्धन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चीनको ग्वान्जाओमा रहेको नेपाली महावाणिज्यदुतावासले सहरका भित्रि भागमा गुड्ने बसमा नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपालका पर्यटकीय क्षेत्रको प्रचार प्रसार थालेको छ ।

ग्वान्जाओस्थित नेपाली महावाणिज्यदुत रवी भट्टराईका अनुसार चीनबाट वार्षिक १४ करोड पर्यटक विदेश जाने गरेको पाइए पनि नेपालमा भने १ लाख मात्रै पुग्ने गरेकाले त्यसलाई बढाउने र नेपालको पर्यटन प्रवर्द्धन गर्नका लागि यो पहल थालिएको हो ।

अहिले स्थानीय चारवटा बसमा नेपालका लुम्बिनी, पोखरा, एकसिंगे गैँडा लगायतका तस्बिर राखेर प्रचार प्रसाद सुरु गरिएको उनले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार ४ वटा बसमा यसरी प्रचार थालिएको छ । १८ हजार युआन एउटा बसका लागि खर्च गरिएको उनको भनाई थियो ।

“यो सहरबाट मात्रै वार्षिक ५० लाख पर्यटक बाहिर जान्छन्,” उनले भने, “तीमध्ये केही पर्यटकलाई नेपाल लैजान सकियो भने नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ ।”
“यहाँ धेरैलाई नेपालकै बारेमा जानकारी छैन, भएकाले पनि गलत रुपमा बुझेको पाइयो, त्यसैले नेपालको पर्यटन प्रवर्द्धन नै मुख्य कुरा हो,” उनले भने ।

Global Ime bank

उनले कम्तिमा पनि २० लाख चिनियाँले वार्षिक नेपालको भ्रमण गर्नुपर्ने योजना बनाइएको भए पनि विभिन्न समस्याका कारण पूरा हुन नसकेको बताए ।

\"\"

\"\"

\"\"

\"\"

तस्बिर : भट्टराईको फेसबुकबाट 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १४, २०७४  १७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC