site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
बलिया व्यक्तिहरूको उदय

चीनका राष्ट्रपति सी जिनपिङ अर्को ५ वर्षका लागि सोही पदमा चुनिएका छन् । राष्ट्रपतिको कार्यकाल दुई पदावधिका लागि मात्र हुने चिनियाँ संविधानको सम्बन्धित धारा बदलिएको छ । अहिलेको कार्यकाल सम्वत् २०२३ सम्म रहनेछ । तर, संवैधानिक संशोधनबाट उनी आजीवन राष्ट्रपति हुनसक्ने बाटो खुलेकाले त्यसै हुने अनुमान गरिएको छ । यसको अर्थ राष्ट्रपति सी चीनका सबभन्दा शक्तिशाली शासक भएका छन् र आउँदा दिनमा पनि बलियै रहनेछन् । एक्काइसौं शताब्दी एसियाको हुनेछ र यसमा सबभन्दा ठूलो भूमिका चीन र भारतको रहने भविष्यवाणी गरिएको थियो । हुन पनि त्यसैअनुसार हुन लागेको देखिन्छ । उता भारतमा सन् २०१४ मा भएको आम निर्वाचनमा भारतीय जनता पार्टी विजय भएको थियो । भारतमा नरेन्द्र मोदी नयाँ प्रधानमन्त्री भए र गत ४ वर्षमा जनप्रिय पनि बनेका छन् । भारतका विभित्र राज्यहरूको चुनावबाट उनको पार्टी बलियो हुँदै गएकोछ । भारतीय जनताको चाहनालाई हेर्दा नरेन्द्र मोदीले अर्को वर्ष हुने निर्वाचनमात्र होइन अरू धेरै निर्वाचन जित्ने संकेत देखिन्छ । अर्थात्, नरेन्द्र मोदी भारतका सबभन्दा शक्तिशाली प्रधानमन्त्री भएका छन् र रहने पनि छन् । यसरी एसिया माहाद्विपमा चीन र भारतका दुई व्यक्ति बलिया भएर निस्केका छन् । 

चीन र भारत दुई ठूला एवं बलिया मुलुकहरूबीचमा रहेको नेपालमा पनि एउटा बलियो नेतृत्व निस्केको छ । कम्युनिस्ट गठबन्धनले संसद्मा करिब दुई तिहाइ बहुमत पाएको छ । केपी शर्मा ओली प्रधानमन्त्री बनेका छन् र एक जना शक्तिशाली शासकले बोल्ने बोली बोल्दै छन् । आफ्ना छिमेकी देशहरूमा शक्तिशाली नेतृत्व उदय हुँदा नेपालमा पनि त्यस्तै बलियो नेतृत्व देखापर्नु संयोगको कुरा हो । संसारको इतिहासले बलिया नेतृत्वले महत्त्वपूर्ण कालजयी कदमहरु लिएको देखाएका छन् । दोस्रो विश्वयुद्ध ताका  बेलायतमा विन्स्टन चर्चिल प्रधानमन्त्री भएपछि मात्र हिटलरविरुद्ध ठोस कदम उठाइएको थियो । चीनलाई माओ त्सेतुङजस्ता नेताले एकताबद्ध र बलियो बनाएका थिए । सोभियत युनियनमा गोर्वाचोभे राष्ट्र प्रमुख भएपछि साम्यवादी व्यवस्थालाई अन्त्य गर्नसकेका थिए र विश्वको तनावलाई समाप्त पारिदिएका थिए । त्यसै गरी तेङ सियाव पिङले चीनलाई आधुनिकीकरण गर्न सफल भए र शक्तिशाली राष्ट्र बत्रे बाटोमा हिँडाए । इजिप्टका राष्ट्रपति अन्वर सादातले इजरायलसँग शान्ति सन्धि गर्न सके । इजरायल र प्यालेस्टाइनजस्तो उल्झिएको समस्या समाधान गर्न दवै देशमा उत्तिकै बलिया नेतृत्व हुनु पर्छ भत्रे विश्वास गरिन्छ । त्यसैगरी चीन र भारतको सीमा विवाद पनि सी र मोदीजस्ता बलिया नेताले मिलाउन सक्छन् ।

Agni Group

छिमेकी देशहरूमा शक्तिशाली शासकहरुको उदय भएको बेला नेपालमा पनि बलियो शासकको जन्म भएको भने यो पहिलो पटक होइन । सातौं शताब्दीमा पनि यस्तै परिस्थिति उत्तर, दक्षिण र नेपालमा देखापरेको थियो । त्यसबेलाको स्थितिको सिंहावलोकनले आजको स्थिति बुझ्न र त्यसबाट केही सिक्न सकिन्छ । त्यस समयभन्दा अगाडि नेपाल अधिराज्यको उत्तरतर्फको हिमालयका हिमाच्छादित घाटीहरू छिर्न नसकिने मानिएका थिए । यसले गर्दा तिब्बत र नेपालबीचमा प्रत्यक्षरूपमा सम्पर्क स्थापित भएको थिएन । तर, यसैताका तिब्बतमा राष्ट्रिय भावनाको जागरणबाट प्रेरित भई एउटा शाक्तिशाली राज्यको स्थापना भएको कुरा इतिहार शिरोमणी बाबुराम आचार्यले लेखेका छन् । यसै नवजागरणको बेला तिब्बतमा स्रङ चङ गम्पो राजा भएका थिए । उनकै राज्यकालमा हालको केरुङ र कुती हुँदै तिब्बतीहरू नेपाल आइपुगेका थिए । फलस्वरूप नेपाली पनि तिब्बत जान थाले । त्यहाँ नेपालीहरूले पहिलो पटक चीन साम्राज्यको परोक्ष परिचय प्राप्त गरेका थिए । तिब्बतीहरूको बढ्दो आवतजावतप्रति नेपाली सशंकित हुनपुगेका थिए । दूरगामी हिसाबले त्यो नेपालको लागि शुभ ठानिएको थिएन । किनभने, नवउत्थान भएको तिब्बत राज्यको राजनीतिक प्रभाव नेपालमा पनि पर्ने ठूलो खतरा थियो । उता दक्षिणतिर भारतमा अर्को महत्त्वपूर्ण अन्तर्राष्ट्रिय राजनीतिक घटना देखा पर्यो । त्यहाँ महाराज हर्षवर्धनको नेतृत्वमा एउटा नयाँ राजनीतिक शक्ति केन्द्रको स्थापना भएको थियो । त्यसबाट पनि नेपालमाथि खतरा महसूस भयो । किनभने, उताबाट पनि राजनीतिक प्रभाव र दबाब आउने आशंका गरियो । 

यसतो गम्भीर अवस्थामा नेपालमा अंशुवर्माको उदय भयो । उनी सुरुमा महासामन्तको पदमा बसी राजा शिवदेव (प्रथम) सँग मिलेर द्वैध शासन चलाइरहेका थिए । तर, जब उत्तर र दक्षिणसँग सम्पर्क बढ्दै गयो र खतरा पनि उत्तिकै बढ्दै जान थाल्यो । अंशुवर्मा आफैँ राज गद्दीमा बसे र परिस्थिति समाल्न थाले । आफ्ना दुवै शक्तिशाली छिमेकी राजाका राजनीतिक प्रभावबाट जोगिन नेपालमा पनि सुद्दढ प्रशासन आवश्यक पर्ने महसुस गरी सबै सत्ता आफ्नो हातमा लिएका थिए । हाल नेपालमा स्थापित हुन आएको कम्युनिस्ट गठबन्धनअन्तर्गत पनि ’द्वैध शासन’ स्थापित हुन आएको देखिएको छ । एमाले र माओवादीका दुई अध्यक्षहरूको सहमतिबाट सरकार गठन भएको छ । तर, कालान्तरमा उत्तर दक्षिणको प्रभाव र दबाब बढन थालेपछि अंशुवर्माले झैँ प्रधानमन्त्रीले सबै सत्ता आफ्नो हातमा लिनुपर्ने अवस्था आउनसक्छ । त्यस्तो बखत के प्रधानमन्त्री केपी शर्मा ओली अर्को अंशुवर्मा हुन सक्लान् ? 

Global Ime bank

अंशुवर्मा एक सजग, क्षमतावान् र व्यक्तित्वशाली राजा भएको वर्णन सबै इतिहासकारले गरेका छन् । तत्कालीन नेपालको स्थिति आजकै जस्तै नाजुक, संवेदनशील र कठिन रहेको देखापर्दछ । त्यसबखत नेपाल एक स्वतन्त्र र सार्वभौम देश रहेकोमा समेत केही विदेशी इतिहसकारले शंका प्रकट गरेका छन् । एक जना भारतीय विद्वान्ले अंशुवर्माको समयको नेपाल सम्राट हर्षवर्धनको भारतीय साम्राज्यको अधीनमा रहेको दाबा गरेका छन् । तर, अर्का फ्रान्सेली विद्वान्ले भने यस समयको नेपाल नवोदित तिब्बत राज्यको अधीनमा रहेको हुनुपर्छ भनेका छन् । यसै विवादलाई चिर्दै इतिहासकार बाबुराम आचार्यले लेखेका छन् — ‘अंशुवर्माले एउटा शिलालेखमा ‘अन्य कुनै पनि राजाहरूका अगाडि हात जोडेर झुक्न नचाहने’ भनी उल्लेख गरेको पाइएबाट आफू स्वतन्त्र र सार्वभौम सम्पत्र राजा भएर रहेको घोषणा गराएको देखिन आउँछ । दवैतिरको खतरा र दबाबलाई प्रभावहीन तुल्याइदिन अंशुवर्मा आफ्ना कूटनीतिक प्रभावहरुद्वारा सफल भएको पनि आचार्यले लेखेका छन् । 

यस कालमा भारततर्फ मात्र होइन तिब्बततर्फ पनि व्यापारिक सम्बन्ध विकसित भएको उल्लेख गर्दै अर्का इतिहासविद् सुरेन्द्र केसीले यसबाट भारत र तिब्बतबीच नेपाल व्यापारिक केन्द्र बत्र गएको उल्लेख गरेका छन् । उनले लेखेका छन् — ‘यसरी नेपालको उत्तरतर्फको सम्पर्कलाई सूत्रपात गर्ने राजाका रूपमा अंशुवर्माको नाम आउँछ । साथै यसको व्यापारिक तथा राजनीतिक महत्त्व केमा रहन गयो भने एकपटक खुलेको यो व्यापारिक मार्ग कदापि बन्द भएन । बरु, नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा दक्षिणको तुलनामा उत्तरी सम्बन्धले बढी प्रोत्साहन पाउन थाल्यो र तिब्बत नेपालको व्यापारका लागि ऊर्जापूर्ण केन्द्रका रूपमा विकसित भएर गयो । यसरी एउटा नयाँ व्यापारिक सभ्यताको सूत्रपातका लागि नै अंशुवर्मा धन्यवादका पात्र देखिए ।’ सातौं शताब्दीको चुनौती नेपालमा आज पनि देखिएको छ । के प्रधानमन्त्री ओलीले चीनसित गरेको पारवाहन सम्झौता तथा चीन र नेपाल जोड्ने रेल्वेको निर्माण गरेर देखाउन सक्लान् ? यसै कुरामा नेपालको भविष्य र सार्वभौमिकताको वास्तविकता निर्भर रहेको छ । इतिहासले अंशुवर्माको बाटो त देखाएको छ तर के ओली त्यो बाटो हिँड्लान् या हिँड्न सक्लान् भत्रे नै आजको अहम् प्रश्न हो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १४, २०७४  १०:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC