site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यात्रा नर्वेको सम्झना नेपालको

कामको सिलसिलामा नर्वेको भ्रमण गर्ने अवसर मिल्यो । अत विकसित मानिएको बेलायतमा बसोबास गरेको पनि एक दशक पुगिसकेछ । बेलाबेलामा अन्य धेरै देशको निजी तथा कामकाजी भ्रमण गरिएकै थियो । लागेको थियो, नर्वे पनि अरु देशजस्तै त होला । तर, निकै फरक रहेछ । लन्डनबाट दुई घन्टाको उडानपछि ओस्लोको आकाशमा पुगेर जहाजको स्यानो झ्यालबाट बाहिर चिहायर हेर्दा निकै रोमाञ्चक दृश्य देखिन सुरु भएको थियो । थुम्काका टाकुरामा हिउँ खासै थिएन तर फेदी र समथर भूभाग भने सेताम्य देखिन्थे । पानीका तालहरु पूरै जमेका थिए, घरहरुमा पिलिकपिलिक बत्तीको उज्यालो र सेताम्य फाँटबीचमा लमतन्न परेको कालो सडक देखिन्थ्यो । ओहो त्यती लामो सडकबाट कसरी तेत्रो हिउँ पन्छाए होलान् ! जहाजमा सँगै रहेका बेलायती यात्रुहरुसँग कुरा गर्दै झ्यालबाट बाहिर नियालिरहँदा मेरो मनमा भने देशको सम्झना आइरहेको  थियो  । बेलायती यात्रुले भरिभराउ उक्त विमानका आधिकांश यात्री हिउँमा खेल्नैका लागि नर्वे जाँदै थिए । अनि मैले सोच्न थाले हाम्रा हिमाली क्षेत्रहरु पनि त यसभन्दा झनै राम्रा र मनमोहक स्थान छन् । तैपनि हामी किन यसरी हिउँ पर्यटक देश भित्र्याउन सक्तैनौ?

\"\"

पानी जमेको पोखरीमा आइस स्केटिङ  ।

Prabhu Bank
Agni Group
NIC Asia

जहाजबाट उत्रिएर टर्मिनल बाहिरको  ट्रेन स्टेसनमा पुगेपछि मात्र नर्वेको वास्तविक तापक्रम थाहा भयो । मोबाइलको स्क्रिनमा तापक्रम चेक गर्दा माइनस सात ७ डिग्री सेल्सियस देखायो । अनि बाक्ला पन्जा, कान छोप्ने टोपी र सुटकेसबाट निकालेर बाक्लो ज्याकेट शरीरमा उधिन्न बाध्य भइयो । युरोपभित्रको एउटा राम्रो सुविधा मोबाइल प्रयोग (डाटा सहित) रोमिङ निशुल्क हुनु पनि हो । आफूले पनि त्यही सुविधा प्रयोग गर्दै बेलायतमा रहेका परिवारलाई निरन्तर संपर्क गरियो । रेल चढ्दा अन्धकार भइसकेको थियो तर समय भने बेलुकाको ५ मात्र बजेको थियो । करिब चालीस मिनेटको रेल यात्रापछि होटेल पुगियो । रेल स्टेसनबाट होटेल पुग्दा पुरै हिउँ टेकेर साबधानी पूर्वक हिडनु पर्ने । प्रायः स्थानीयहरुले  जुत्ताको तलुवामा हिउँमा नचिप्लिने अर्को तलुवा थपेर लगाएका हुने रहेछन् तर हामीसँग त्यो सुविधा थिएन ।

\"\"हिउँले पुरिएको एक गाँउ

Global Ime bank


मसँग गएको अर्को साथी इटालियन थियो । उसले पनि आफ्नो जीवनमा त्यति धेरै र बाक्लो हिउँ नदेखेको । होटलमा चेकइन गरेर झोलातुम्बा थन्क्याएपछि पुनः सिटी सेन्टर जाने निधो गरियो रातकै समयमा । मेट्रो रेलको ५ मिनेटको यात्रापछि नेसनल थिएटर स्टेसन झरेर बहिर निस्किँदा सम्पूर्ण जमिन सेताम्य कपासजस्तो हिउँले ढाकिएको थियो । सडकका २ छेउमा पातबिनाका रुखका लहर र ती रुखमा झिलीमिली बत्ती । एक छेउमा नर्वेका राजाको दरबार र अर्को छेउमा पर्लियामेन्ट भवन ।

पार्कको छेउमा रहेको पोखरी, पोखरी होइन आइस स्केटिङ खेल्ने पार्क बनेको थियो । राजदरबारदेखि पर्लियामेन्ट भवन जता पनि निर्धक्क जान पाइने कुनै रोकतोक छैन । झिलीमिली बत्तीको प्रकाश सेतो हिउँमा पर्दा निकै मनमोहक दृश्य देखिन्थ्यो । पैदल यात्री, ट्राम र कारहरुको निरन्तर ओहोरदोहोर । सडकबाट हिउँ हटाइएको र फुटपाथमा चिप्लो नहोस् भनेर ग्रीट (स्याना गिटी ) छरिएको अर्थात् मानिसको सुविधा र सुरक्षालाई उच्च प्राथमिकता दिइएको रहेछ ।

इटालिएन साथी अले (अलेज्यान्ड्रोलाई अफिसमा हामी अले भन्ने गर्छौँ ) खानेकुराको सौखिन । प्रस्ताव राख्यो परम्परागत नर्वेली खाना खाने । हामी बेलायतबाट जाँदा नै ओस्लोकै बासिन्दासँग परम्परागत रेस्टुराँको नामहरू सोधेर गएका थियौँ । ओस्लोको हिउँमा आधा घन्टाजति हिँडेपछि एउटा प्रसिद्ध परम्परगत रेस्टुरेन्टमा माइनस सात डिग्रीबाट एक्कासिी वातानुकूलित कक्षमा छिर्दा निकै फरक महसुस भयो अनुहारलाई । अन्य सबै भाग त बाक्ला कपडाले ढाकिएकै थिए । अनि सोचेँ यो सबै विद्युते उत्पादनकै कमाल त हो नी । रेस्टुराँभित्रै फेरि आफ्नो देश सम्झे । हाम्रो हिमाली क्षेत्रमा १२ महिना नै घरभित्र न्यानो बनाउन सक्नेथियौ हामीले पनि । हाम्रा नदीनालाको सदुपयोग गर्दै प्रशस्त बिजुली उत्पादन गरेर उपभोक्तालाई सुलभ मूल्यमा उपलब्ध गराउन सकेको भए । तर, खै कहिले होला हाम्रो देशमा यस्तो ? लेकालीलाई जाडोयाममा घर छाडेर पहाड वा तराई झर्न नपर्ने अवस्था कहिले आउँला ? अनी नर्वेको परम्परागत खाना रेनडियरको स्वाद लिएर पुनः सुरु गरियो हिउँमा पैदल यात्रा ।
 \"\"

पार्लियामेन्ट भवन



दोस्रो दिनको कार्यक्रम अफिसबाट प्रायोजित थियो : केही मिटिङ, नर्वेली परम्परागत खानाको प्रबन्ध र अन्तिममा स्लेजिङ खेल्ने कार्यक्रम । मेट्रो रेलको ५० मिनेटको यात्रापश्चात् फ्रग्नेरसेट्रिन भन्ने ठाँउमा पुगियो । मेट्रोको झ्यालबाट बाहिरको दृश्य  हेर्दा निकै आकर्षक र हेरिरहुँजस्तो । जतासुकै सेताम्य, घरका छतहरुमा लगभग एक मिटर हाराहारी बाक्लो हिउँ थुप्रिएको, मुख्यसडकबाट हिउँ पन्छाइएको तर भित्री सडकमा  भने पूरै हिउँ । मेट्रो ट्रेन बस्तीको कुनाकुनामा पुग्ने र नजिकनजिक स्टेसनहरु रहेको हुनाले मनिसहरु कारको सट्टा ट्रेनलाई नै प्राथमिकतामा राख्ने रहेछन् । अनि फेरि सम्झिएँ काठमाडौंलाई स्मार्ट सिटी बनाउदै मेट्रो र मोनो रेलको सुविधाको सपना । ओहो यस्तै रेल काठमाडौंमा कहिले  गुड्ला ? काठमाडौंको कुनाकुनामा मेट्रो रेल पुग्ने हो भने त्यो ट्राफिक जाम, धुँवा र धुलो कता हराउला ?
\"\"  रोयल प्यालेस 


गत १५० वर्षदेखि कुनै दिन बन्द नभईकन चलिरहेको फ्रग्नेरसेट्रिन रेस्टुराँमा नर्वेली परम्परगत खानाको स्वाद लिइसकेपछि स्लेजिङ खेल्न हाम्रो टोली तयार भइसकेको थियो । केही मिनेटको सुरक्षा उपायहरु र स्लेजिङ गर्ने सामान्य तरिकाको जानाकारीपछि चस्मासहितको हेल्मेट, बाक्ला पन्जा र चिसो छेक्ने पहिरनमा खेल्न तयार हुँदा साथीहरुले तर्साउन थाले । कोही यो खेलमा बाँच्ने सम्भावना साठी प्रतिशत हो है भन्ने त कोही हिउँमा टाउको डुब्यो भने निस्किन सकिन्न भन्दै  तर्साउने ! मेरो जीवनमा यो पहिलो स्लेजिङ खेल थियो तर मनभित्र डर भए पनि उनीहरुलाई म गोर्खाली हो डराउँदिन है भन्न पछि परिन । दुई किलोमिटर लामो सात सय मिटर उचाइको उक्त हिउँको स्लेजिङ सडक निकै भिरालो मात्र होइन ठाँउ ठाँउमा ठूलाठूला खाल्टा र बम्पहरु । स्लेज त उड्ने नै रहेछ बेलाबेलामा । खुट्टाले दाँया र बाँया मोडन सकेन भने पछाडि फर्किन पनि सक्ने निकै डरलाग्दो पो थियो त त्यो खेल । सम्झिदा नै जिउ सिरिङ्ग हुन्छ । कसरी पार गरेँ हुँला मैले त्यो यात्रा ? तल फेदीमा पुगेर सुरक्षा अधिकृतले सबै सकुशल आइपुगेको जानकारी गराएपछि फेरि रेल चडेर पहाडको टुप्पोमा पुगियो अनी सुरु भयो दोस्रो चरणको खेल ।

यसरी तीन चरणको खेल सक्दा शरीर थिलोथिलो भइसकेको थियो । अनि फेरि देश सम्झिएँ । हाम्रा हिमाली पहाडमा यस्ता स्लेजिङ गर्ने ठाँउ त कति छन् कति ? तर, खै किन हामीले हिउँ पर्यटक भित्र्याउन सकेकाछैनौ ? हामीसँगै स्लेजिङ गर्नै सयौँ अरु पर्यटक नै थिए त्यहाँ । विभिन्न देशबाट आएका । ट्रेन, रेस्टुराँ, स्लेजिङ, सामानहरुको व्यापार र भाडामा लिने यी सबै व्यवसायमा पर्यटकहरुकै योगदान थियो । अनि मनमनै भने हामीलाई प्रकृतिले वरदान  दिए चाल भने नपाएकै रहेछौँ ।
\"\" 

स्लेजिङ खेल्दै लेखक ।



तीन दिनको छोटो बसाइपछि बेलायत फर्किँदा नर्वे र नेपाललाई निरन्तर हिउँ र पर्यटकको विषयमा दाँज्न मन लागिरह्यो । जलविद्युत्को गुरु भनेर पनि चिनिने यो देश भूगोल र मौसमअनुसारको विकास, देशभर हिउँ हुँदा पनि र नहुँदा पनि उत्तिकै पर्यटक भित्र्याउन सफल यस देशबाट हामीले सिक्नुपर्ने धेरै कुराहरु रहेछन् । हाम्रा नीति निर्माताले अब ढिलो नगरी पर्यटकीय क्षेत्रमा आमूल परिवर्तन हुनेगरी काम गर्नुपर्ने आवश्यकता महसुस भयो । जलविद्युत्, पर्यटन र वातावरण सबै जोडिएर आउने हुनाले समग्र विकासको अवधारणा लागु गर्न ढिलागरिनु हुन्न । प्रकृतिले हामीलाई धेरै दिएको छ समयमै सदुपयोग गरौँ !

(हाल बेलायत)
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १२, २०७४  ०९:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC