site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
डिल्ली पाण्डे
काठमाडौं । 
भारतसँग सीमा जोडिएका तराइका केही जिल्लामा सुरक्षा सर्तकता चुस्त बनाइएको तथा विदेशी नागरिकप्रति बढी चासो र निगरानी बढाइएको छ । 
युरोप र एसियाका विभिन्न देशमा आतंककारी हमला दिनैपिच्छे बढ्न थालेपछि नेपालका सुरक्षा निकायले भारतसँग सीमा जोडिएका केही जिल्ला र सीमाक्षेत्रको सुरक्षामा कडाई गरेका हुन् । 
सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलका प्रवक्ता एआईजी शैलेन्द्र खनाल भन्छन्, “सीमा क्षेत्रमा शंकास्पद विदेशी फेला प¥यो भने त्यसको सम्पुर्ण अनुसन्धान गर्ने गृहको निर्देशन छ, हामी त्यही अनुसार चलेका छौं ।”
गृहको निर्देशनपछि सशस्त्र प्रहरी मूख्यालयले प्रत्येक बाहिनीलाई निगरानी बढाउन विशेष निर्देशन र आदेश दिएको छ ।  
“अहिले देखिएका घटनाक्रमलाई मध्येनजर राख्दै सीमा सुरक्षालाई थप मजबुत बनाउन मुख्यालयले प्रत्येक बाहिनीलाई विशेष निर्देशन दिएको छ,” प्रवक्ता खनालले बाह्रखरीसँग भने, “सीमाक्षेत्रमा पहिला भन्दा सुरक्षा ब्यवस्था कडा पारिएको छ ।”  
काठमाडौं विमानस्थल हँुदै आतंककारीहरु नेपाल प्रवेश गर्ने र खुला सीमानाको फाइदा उठाउँदै तेस्रो देश प्रवेश गर्न सक्ने भएकाले सुरक्षा निगरानी बढाइएको खनालले जानकारी दिए । त्यसैले प्रहरीले विमानस्थलदेखि सीमा नाकासम्म सुरक्षा सर्तकता अपनाएको छ ।  
“विभिन्न देशमा आतंककारी हमला हुन थालेका छन्, भारतसँग खुला सिमाना छ, नेपाली भूमि प्रयोगगरी कुनै पनि आपराधिक गतिविधी हुन नदिन सुरक्षा निकाय अत्यन्तै सम्वेदनशील छ । त्यसैले सुरक्षा ब्यवस्था चुस्त बनाइएको छ,” नेपाल प्रहरीका प्रवक्ता डीआईजी माधव जोशीले बाह्रखरीसँग भने । 
बाह्रखरीलाई प्राप्त सूचनाका अनुसार तराईका बारा, पर्सा, सर्लाही, रौतहट, धनुषा नेपालगन्ज लगायतका केही जिल्लालाई सुरक्षा निकाएले अति सम्वेदनशील क्षेत्रका रुपमा हेरेको छ
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २२, २०७३  १७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC