site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं तराई द्रुतमार्ग निर्माणका लागि नेपाली सेनालाई जिम्मा दिन आफूले ठूलो चुनौतीको सामना गरेको बताएका छन् । 

चन्द्रपुर नगरपालिकामा आज चन्द्रपुर महोत्सव २०७४ को उद्घाटनपछि आयोजित सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री दाहालले प्रदेश २ को विकासको आधारका रुपमा रहेको जनकपुर–वीरगञ्ज रेलमार्ग र निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरकारको प्राथमिकतामा रहने बताउँदै जनकपुर, पशुपतिनाथ र लुम्बिनीलाई धार्मिक पर्यटन विकासका लागि थप योजना ल्याउने तयारी सरकारले गरिरहेको जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा सांसद विनोद चौधरीले देश विकासका लागि सरकारले औद्योगिक क्रान्तिको शुरुआत गर्नुपर्ने बताउँदै सरकारले प्रदेश २ मा औद्योगिक क्षेत्रमा लगानी गरेमा आफूले चौधरी पार्क निर्माण गर्ने घोषणा गरे। उनले चन्द्रपुर नगर क्षेत्रमा चौधरी ग्रु'पले चाँडै उद्योग स्थापना गरेर रोजगारीको अवसर सिर्जना गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। 

चन्द्रपुर महोत्सव २०७४ चन्द्रनिगाहपुर सिटी जेसिसको मुख्य आयोजना तथा चन्द्रपुर नगर उद्योग वाणिज्य संघ तथा होटल व्यवसायी संघ रौतहटको सहप्रयोजनमा आगामी चैत ७ गतेसम्म चन्द्रनिगाहपुरस्थित तुल्सीलाल अमात्य खेल मैदानमा भइरहेको छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०७४  ०५:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC