site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
'अवैध' अनुराग !
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
बाह्रखरीबाट घर फर्कने बेला कुपन्डोलबाट गाडी चढ्दा सजिलो पर्छ । अझ साझा बस भेटियो भने त एउटै गाडीमा घर नजिकै पुगिन्छ । गएको आइतवार घर फर्कने बेलामा कुपन्डोलबाट रत्नपार्क जाने माइक्रो बस चढेँ । ड्राइभरको सिट पछाडिपट्टि बस्न अप्ठेरो हुने गरी एउटा बेन्चजस्तो तेर्स्याएको हुन्छ अचेल धेरै सार्वजिक यातायातका माइक्रो बसमा । त्यसो त अरू सिट पनि सारेर र साँटेर भित्रको संरचना कुरूप बनाइएको हुन्छ । टोयोटाका मालिकले देखे भने रुन्थे होलान् । त्यस्तै अप्ठेरो ठाउँमा पनि बस्न पाउँदा 'भाग्योदय चिट्टा' परेजस्तो हुन्छ । मैले पनि बस्ने ठाउँ भेट्टाएँ । उल्टो बस्नुपर्ने हुन्छ त्यस सिटमा । अगाडि महिलाहरूको आरक्षित सिट हुन्छ । हलचल नगरी बस्नुपर्छ । 
म छेउमा थिएँ । कुनामा एक जना लामो तीलचामले दाह्री भएका सज्जन थिए । मास्कले मुख ढाकेको थियो उनको । काँधमा झोला पनि थियो । त्यसो त अचेल सार्वजिनक यातायातमा भेटिने धेरैले 'ब्याक प्याक' बोकेका हुन्छन् । झोला पनि टन्नै हुन्छ । के बोकेर हिँड्दा हुन् कुन्नि ? तर ती मेरा सहयात्रीले भने उहिलेको जस्तो काँधे झोला बोकेका थिए । उनको सामुन्ने महिला सिटमा तिनै दौँतरी उमेरकी यस्तै ४५-५० वर्षकी महिला बसेकी थिइन् रातो पहिरनमा । दाह्रीवालले तिनको हात समातेका थिए अलि अस्वाभाविक लाग्ने गरेर । उनीहरू परिवारका सदस्यहरूका बारेमा कुराकानी गर्दैथिए । लाग्यो, निकै मायाप्रेम भएका दम्पती रहेछन् । बेलाबखत अनुराग र वैरागका कुरा पनि गरेजस्तो लाग्यो तर सबै कुरा स्पष्ट भने सुनिदैन थियो ।  पतिपत्नी भन्दा पनि प्रेमीयुगल जस्ता लाग्थे । करिब १० मिनेट उनीहरूलाई चियो गर्दै बाटो काटियो । वायु सेवा निगम नजिकै माइक्रो बस रोकियो । म सफा टेम्पो भएतिर लागेँ । संयोगले त्यो जोडी पनि त्यही टेम्पोमा आयो । कुनामा ती दाह्रीवाल सज्जन बसे । त्यसपछि ती अधवैँसे महिला बसिन् । तिनको हाउभाउ हेर्दा कुराकानी सुन्न मन लाग्यो र म ती महिलासँगैको सिटमा बसेँ । म बसेपट्टि अर्को एउटा सिट बाँकी थियो । छेउको सिटमा अर्का एक जना पहिले नै बसेका थिए ।
यत्तिकैमा अर्का एक जना अधवैंसे देखिए । ती महिलाले दाइ ! भनेर बोलाइन् । ती सज्जन पनि टेम्पोमा चढे । उनले मलाई उता सर्न भनिन् र ती दाइलाई सँगै राखिन् । त्यसपछि उनीहरू परिवारका बारेमा बातचित गर्न थाले । दुवैका छोराछोरी विदेशमा रहेछन् । सबैका बारेमा सोधपुछ गरे । घरबनाउन लागेकी रहिछन् ती महिला । घर बनाउँदाको कहरको वर्णन गरिन् । मलाई उनीहरूको वार्तालापमा बढी नै चाख लाग्न थाल्यो । कारण, ती दाह्रीवाल सज्जन र दाइले एकअर्कालाई चिनेजस्तै लागेन । नत्र त, कम्तीमा उनीहरू कुराकानी गर्थे होलान् । ती महिलाले पनि एकअर्कासँग चिनाजानी गराइनन् । माइक्रोमा उनीहरू ढुकुरका जोडीजस्ता थिए । अहिले एक अर्कासँग अपरिचितजस्ता । 
ती दाइ लाजिम्पाटमा ओर्ले । बहिनी र आफ्नो भाडा तिरेर । अब झन् त्यो जोडीको सम्बन्ध थप रहस्यमय लाग्यो । उनीहरूबीच एकछिन ती दाइको जीवनको विरक्तलाग्दो पक्षमा कुराकानी भयो । कुराकानी पनि के भन्नु महिलाले पुरुषलाई पत्नीको मृत्युका बारेमा बताइन् ।
म रानीबारी ओर्लेँ ।
यी दुईको बीचको सम्बन्ध कस्तो होला ? अनरागपूर्ण सम्बन्ध हो भन्ने त बुझिन्थ्यो । त्यस अनुरागमा यौनको भूमिका कति होला ? ती दाह्रीवाल सज्जनको परिवारका सम्बन्धमा केही चर्चै भएन । दुवैले कसै न कसैलाई धोका दिएका पो थिए कि ? दुवैको सम्बन्ध 'अवैध' पो थियो कि ? यद्यपि वयस्क व्यक्तिबीचको सम्बन्धमा यौनको प्रत्यक्ष स्थान भए पनि नभए पनि त्यसमा वैधता खोज्नु बेइमानी हो जस्तो लाग्छ । संकीर्ण सामाजिक मान्यताकै आँखाबाट किन हेर्नु सबैले ? समाज अलि द्रूत गतिले बदलिँदै गएको हो ? व्याख्या र अनुमान पाठककै जिम्मा । त्यसो त, समाजशास्त्री र मनोविश्लेषकले पनि टाउको दुखाउन मिल्छ होला ।    
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २२, २०७३  १२:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC