site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
डिल्ली पाण्डे , काठमाडौँ । १०वर्षदेखि चोरी डकैती र ठगी कार्यमा संलग्न प्युठान सारिबाङ–५ का शशिधर खड्काका ठगी गर्ने अनेक उपाएहरू छन् । 
 
लामो समयदेखि काठमाडौंमा बस्दै आएका उनको पेसा नै काठमाडौंका विभिन्न स्थानका युवाहरूलाई साथी बनाउने र ठगी गर्ने हो । उनले अहिलेसम्म काठमाडौं मन्डिखाटारका आयुष ठकुरी लगाएत ५ जना, दाङ तुलसीपुरका भास्कर वली, सरोज वली, शंकर वली र अर्घखाचीका भीमबहादुर खत्री, र कमल पाण्डेबाट करोडौँ रकम उठाएर फरार भएका छन् । यी त खुलेर प्रहरीमा उजुरी गरेका पीडितहरू मात्र हुन् । खड्काले एक दर्जन भन्दा बढीलाई ठगी गरेको हुन सक्ने प्रहरीको आँकलन छ ।  
 
मन्डिखाटारका आयुष ठकुरीले बाहखरीसँग भने, “सुरुमा छिमेकमा बस्न थाले । त्यसपछि साथी बने, पहिला ठिकै जस्तो लाग्थ्यो । विस्तारै सरसंगत बढ्दै गएपछि लाखौं रकम लिएर फरार भए ।”
 
उनको दाबी छ, “शशिधर एक यस्ता ठग हुन्, जसले कसैलाइ पनि विश्वासमा पारेर ठग्न सक्छ ।” अमेरिका,अष्ट्रेलिया पठाउँछु भन्दै ५ जना बाट १० लाखका दरले रकम उठाएर फरार भएको उनी बताउँछन् । 
 
खड्काले आयुषलाई जस्तै गरी दाङका भास्कर वलीलाई पनि त्यसैगरी ठगेका छन् । मण्डला थिएटरमा नाटक सिक्ने बहाना गर्दै ठगी गर्ने साथी खोज्दै हिँडेका खड्काले वलीसँग साथीको नाता गाँसे अनि ठगी धन्दा सुरु गरे । 
 
वलीले बाहखरीसँग भने, “अमेरिकामा मेरो राम्रो सम्बन्ध छ, आफन्त पनि धेरै छन्, भन्दै बिश्वासमा पारे ।” 
 
आफैँ जमानी बसेर ७२ जेठ २८ गते र असार ३ गते शंकर वली, सरोज वली, भीमबहादुर खत्री, र कमल पाण्डेबाट २८ लाख भन्दा बढी रकम जम्मा गरेर खड्कालाई दिएका वलीको भनाइ छ । 
 
खड्काले धेरैलाई ठगी गरेको गुनासो आए पनि प्रमाण नभएका कारण उनीहरू प्रहरीसमक्ष आउन सकेका छैनन् । महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी विक्रम थापाले भने, “उजुरी आएमा उनलाई पक्राउ गर्छौं ।
 
अमेरिका लैजाने भन्दै ठगी गर्ने खड्कालाई भाष्करले समातेर प्रहरीको जिम्मा लगाएका थिए । प्रहरीले उनलाई ठगीको अभियोगमा मुद्दा चलाएको थियो । पछि उनलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गर्यो । 
 
खड्काले एक दर्जन भन्दा बढीलाई ठगी गरेको हुन सक्ने प्रहरीले जनाएको छ । ठगी गरेका व्यक्तिसँग कुनै पनि प्रमाण नभएका कारण उनलाई कारवाही गर्न नसकिएको प्रहरीको भनाइ छ ।
 
खड्काले प्रचण्ड र डा. बाबुराम भट्टराईको  भान्जाको परिचय दिँदैसमेत ठगी गरेको पीडितहरू बताउँछन् ।खड्काले ठगी गरिसकेपछि  सम्पर्कमै नअाउने पीडितहरू बताउँछन् । यस्ता पीडितहरू प्रहरीकहाँ पुगेर गुनासाे गर्न नसक्ने अवस्थामा रहने प्रहरीकाे भनार्इ छ । 
 
महानगरीय प्रहरी परिसर टेकुमा भेटिएका एक जना खड्काका गाउँलेले नाम उल्लेन नगर्ने सर्तमा भने, “शशिधरले काठमाडौं मात्र हैन गाँउलेलाई पनि ठगी गरेका छन्, उनी गाउँ पस्दा गाउँलेले ढोका लगाउँछन् ,” उनले अगाडि भने, “दिउँसो कुनै समान किन्ने भनेर मोलमोलाइ गर्ने मूल्य नमिलेर छाडेको सामान उनले राति गएर कतिखेर लुट्थे कसैलाई पनि थाहा हुँदैनथ्यो ।”
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २२, २०७३  १६:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC