साहित्य
काठमाडौं । नेपाली कथानक चलचित्र ‘लुट–२’को छायांकन सकिएको छ । काठमाडौंमका विभिन्न स्थानमा ४१ दिन लगाएर छायांकन गरिएको निर्देशक निश्चल बस्नेतले बताए ।
‘लुट’को सिक्वेल भनिएको ‘लुट–२’मा ‘लुट’का पात्रहरुमा आएका सामजिक, सांस्कृतिक, राजनीतिक परिवर्तन समेटिएको छ । बस्नेतले पहिलेको भन्दा राम्रो प्रस्तुति दिने प्रयास गरिएको बताए । ‘लुट–२’ अहिले एडिटिङ रुममा पुगेको छ ।
सौगात मल्ल (हाकु)को समूहले बैंक लुटेर भागेपछि सकिने ‘लुट’ को त्यही विन्दुबाट ‘लुट–२’ को कथा सुरु हुने निश्चलले यसअघि नै बताइसेका छन् ।
‘लुट’को कथा सन् २०११/०१२ को हो । समय अघि बढिसक्यो । अहिलेसम्म आइपुग्दा त्यो खालको चरित्रमा रमाउनेले के प्रगति गरे, उनीहरु बाहिर कसरी आए र बाहिर बस्नेले के–के गरिरहेका छन् भन्ने कुरा समेटिएको छ,” निर्देशक बस्नेतले भने, “त्यतिबेलादेखि अहिलेसम्म के गरे भन्दा पनि अहिले के गरिरहेका छन् भन्नेमा ‘लुट–२’ केन्द्रित छ ।”
लेखन तथा निर्देशन निश्चल बस्नेतको रहेको ‘लुट–२’मा सौगात मल्ल, दयाहांङ राई, कर्मा, रिचा शर्मा, विपिन कार्की लगायतका कलाकारको अभिनय छ । चलचित्रमा लगानी माधव वाग्ले र नरेन्द्र महर्जनले गरेका छन् । चलचित्रले फागुन १३ गते रिलिज डेट लिएको छ ।
‘लुट’ को सफलतापछि निश्चलले त्यसकै सिक्वेल निर्माण गरेका हुन् । ‘लुट’ नेपाली चलचित्र उद्योगमा पुरानो परम्परा भत्काएर नयाँ परम्परा सुरु गर्ने चलचित्र हो । ‘लुट’ को निर्माणपछि नेपाली चलचित्र मुल धार र फरक धार भनेर दुईधारमा विभिाजित भएका छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७३ ११:१३
प्रतिक्रिया दिनुहोस्